Shikhar Insurance

लक्ष्मी बैंकको नाफामा सुधार, प्रतिसेयर आम्दानी १६.०६ रूपैयाँ

सिंहदरबार संवाददाता
२०७८ बैशाख १५, बुधबार १०:१४
NIMB
Nabil Bank

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा लक्ष्मी बैंकले करिब १ अर्ब २८ करोड रूपैयाँ खुद मुनाफा गरेको छ । बैंकले अघिल्लो आवको यही अवधिभन्दा १८.१८ प्रतिशत बढी नाफा गरेको हो ।

बैंकले अघिल्लो आवको यही अवधिमा १ अर्ब ८ करोड रूपैयाँ नाफा गरेको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

यस अवधिमा बैंकको वितरणयोग्य नाफा ८४ करोड ७६ लाख रूपैयाँ छ । बैंकको खुद ब्याज आम्दानी घटेपनि खुद फि तथा कमिसन आम्दानी बढेको छ । खुद ब्याज आम्दानी २ अर्ब ६१ करोडबाट घटेर २ अर्ब ३५ करोड रूपैयाँ पुगेको छ । खुद फि तथा कमिसन आम्दानी भने ५४ करोड ५८ लाखबाट बढेर ६३ करोड ५० लाख पुगेको छ ।

बैंकले १ अर्ब ८१ करोड रुपैयाँ सञ्चालन मुनाफा गरेको हो । गत आवको यही अवधिमा बैंकको सञ्चालन मुनाफा १ अर्ब ५६ करोड रूपैयाँ थियो ।

बैंकले हालसम्म १ खर्ब ६ अर्ब ६१ करोड रूपैयाँ निक्षेप परिचालन गरी १ खर्ब २ अर्ब ८५ करोड रूपैयाँ कर्जा प्रवाह गरेको छ । अघिल्लो चैत मसान्तसम्म बैंकको निक्षेप र कर्जा क्रमशः ९८ अर्ब ३७ करोड र ८८ अर्ब ४५ करोड थिए ।

बैंकको निष्क्रिय कर्जा पनि घटेर ०.७१ प्रतिशतमा आइपुगेको छ ।

१० अर्ब ६९ करोड रूपैयाँ चुक्तापुँजी भएको बैंकको रिजर्भमा ४ अर्ब ८ करोड रूपैयाँ छ ।

१ वर्षको अवधिमा बैंकको आधार ब्याजदर ९.७९ प्रतिशतबाट ६.७९ प्रतिशतमा खुम्चिएको छ भने स्प्रेडदर पनि ४.३४ प्रतिशतबाट ३.५९ मा ओर्लिएको वित्तीय विवरणले देखाउँछ ।

यस्ता छन् प्रमुख वित्तीय परिसूचकः (हजार रूपैयाँमा)

निक्षेप : 106617916
कर्जा : 102855443
खुद ब्याज आम्दानी : 2352674
सञ्चालन मुनाफा : 1813494
खुद मुनाफा : 1288084
वितरणयोग्य मुनाफा : 847639
प्रतिसेयर आम्दानी : Rs. 16.06
नेटवर्थ : Rs. 152.02
कोषको लागत : 4.56 %
खराब कर्जा : 0.71 %
आधार ब्याजदर : 6.79 %
स्प्रेड दर : 3.59 %

GBIME

प्रतिक्रिया दिनुहोस्