Shikhar Insurance

बैंक अफ काठमाण्डूको नाफा ३३ प्रतिशतले बढ्यो, अरु सूचक कस्ता ?

सिंहदरबार संवाददाता
२०७८ बैशाख १५, बुधबार १०:४८
NIMB
Nabil Bank

काठमाडौं । बैंक अफ काठमाण्डूले चालु आर्थिक वर्षको चैत मसान्त अवधीमा १ अर्ब १६ करोड रुपैयाँ नाफा गरेको छ । बैंकले कोरोनाको कहर छिचोल्दै ३३.३३ प्रतिशतले नाफा बढाउन सफल भएको हो ।

गत आवको सोही अवधीमा बैंकको नाफा ८७ करोड रुपैयाँ मात्रै थियो । बैंकको नाफा २९ करोडले बढेको हो । बैंकले सेयर किनबेचबाट ९ करोड ४४ लाख रुपैयाँ नाफा आर्जन गरेको देखिन्छ ।

Citizen Life
Kumar Bank
Nepal Life

बीओकेको वितरणयोग्य नाफा ८५ करोड रुपैयाँ छ । बैंकले हालसम्म ८६ अर्ब ९८ करोड निक्षेप संकलन गरेर ७३ अर्ब ६६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । गत आवको सोही अवधीमा बैंकको निक्षेप ६५ अर्ब ३१ करोड र कर्जा लगानी ५८ अर्ब १५ करोड रुपैयाँ थियो ।

९ अर्ब ६५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ५ अर्ब ४१ करोड रुपैयाँ छ । बैंकको आधार ब्याजदर ७.६० प्रतिशत छ भने कस्ट अफ फण्ड ४.८० प्रतिशत छ । स्प्रेड दर ३.२६ प्रतिशत रहेको बैंकको खराब कर्जा १.०१ प्रतिशत मात्रै छ । बैंकको प्रति सेयर आम्दानी १६.१४ रुपैयाँ रहेको छ ।

यस्ता छन् प्रमुख वित्तीय परिसूचकः (हजार रूपैयाँमा)

निक्षेप : 96575930
कर्जा : 92779270
खुद ब्याज आम्दानी : 2355895
सञ्चालन मुनाफा : 1674512
खुद मुनाफा : 1169342
वितरणयोग्य मुनाफा : 856964
प्रतिसेयर आम्दानी : Rs. 16.14
नेटवर्थ : Rs. 165.45
कोषको लागत : 4.8 %
खराब कर्जा : 1.01 %
आधार ब्याजदर : 7.6 %
स्प्रेड दर : 3.26 %

GBIME

प्रतिक्रिया दिनुहोस्