Shikhar Insurance

ग्लोबल आईएमई बैंकको नाफा ३२ प्रतिशतले बढ्यो, वितरणयोग्य नाफा २ अर्ब ५६ करोड

सिंहदरबार संवाददाता
२०७८ बैशाख १५, बुधबार १०:३३
NIMB
Nabil Bank

काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा ग्लोबल आईएमई बैंकले ३ अर्ब ५७ करोड रुपैयाँ नाफा गरेको छ । बैंकले प्रकाशन गरेको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विववरणअनुसार अघिल्लो आवको यही अवधिभन्दा ३२.४ प्रतिशत बढी नाफा गरेको हो ।

बैंकले अघिल्लो आवको चैत मसान्तसम्म २ अर्ब ७० करोड रूपैयाँ नाफा गरेको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

यस अवधिमा बैंकको वितरणयोग्य नाफा २ अर्ब ५६ करोड ४५ लाख रूपैयाँ छ । बैंकको खुद ब्याज आम्दानीसँगै खुद फि तथा कमिसन आम्दानी पनि बढेको छ । अघिल्लो चैत मसान्तसम्म ६ अर्ब खुद ब्याज आम्दानी गरेको बैंकले गत चैत मसान्तसम्म ६ अर्ब ८७ करोड रूपैयाँ खुद ब्याज आम्दानी गरेको छ । खुद फि तथा कमिसन आम्दानी पनि १ अर्बबाट बढेर १ अर्ब २३ करोड पुगेको छ ।

बैंकले ५ अर्ब ३ करोड रुपैयाँ सञ्चालन मुनाफा गरेको हो । गत आवको यही अवधिमा बैंकको सञ्चालन मुनाफा ३ अर्ब ७९ करोड रूपैयाँ थियो ।

बैंकले हालसम्म २ खर्ब ४४ अर्ब ३० करोड रूपैयाँ निक्षेप परिचालन गरी २ खर्ब २२ अर्ब ९० करोड रूपैयाँ कर्जा प्रवाह गरेको छ । अघिल्लो चैत मसान्तसम्म बैंकको निक्षेप र कर्जा क्रमशः २ खर्ब १२ अर्ब ३१ करोड र १ खर्ब ९० अर्ब ३३ करोड थिए ।

बैंकको निष्क्रिय कर्जा भने बढेर १.६१ प्रतिशतमा आइपुगेको छ ।

२१ अर्ब ६३ करोड रूपैयाँ चुक्तापुँजी भएको बैंकको रिजर्भमा ७ अर्ब ९२ करोड रूपैयाँ छ ।

१ वर्षको अवधिमा बैंकको आधार ब्याजदर ९.४१ प्रतिशतबाट ६.४ प्रतिशतमा खुम्चिएको छ भने स्प्रेडदर पनि ५.१८ प्रतिशतबाट ४.१७ मा ओर्लिएको वित्तीय विवरणले देखाउँछ ।

यस्ता छन् प्रमुख वित्तीय परिसूचकः (हजार रूपैयाँमा)

निक्षेप : 244300312
कर्जा : 222905604
खुद ब्याज आम्दानी : 6870212
सञ्चालन मुनाफा : 5038285
खुद मुनाफा : 3578269
वितरणयोग्य मुनाफा : 2564581
प्रतिसेयर आम्दानी : Rs. 22.05
नेटवर्थ : Rs. 148.92
कोषको लागत : 4.64 %
खराब कर्जा : 1.61 %
आधार ब्याजदर : 6.4 %
स्प्रेड दर : 4.17 %

GBIME

प्रतिक्रिया दिनुहोस्