Shikhar Insurance

मेगा बैंकको मेगा दौडः नाफा २ अर्ब नजिक, सेयर कारोबारमा विशेष लगाव

सिंहदरबार संवाददाता
२०७८ बैशाख १५, बुधबार ११:२१
NIMB
Nabil Bank

काठमाडौं । मेगा बैंक नेपालले कोरोना कहरलाई छिचोल्दै ३५.८६ प्रतिशतले नाफा वृद्धि गरेको छ । बैंकले गत आवको चैत मसान्तको तुलनामा ५२ करोडले नाफा बढाउँदै यसपाली एक अर्ब ९७ करोड रुपैयाँ पुर्याएको हो ।

बैंकले गत आवको चैत मसान्त अवधीमा एक अर्ब ४५ करोड रुपैयाँ नाफा गरेको थियो । यसपाली सोही अवधीमा त्यस्तो नाफा एक अर्ब ९७ करोड रुपैयाँ पुगेको छ । यद्यपी बैंकको यो नाफामा सेयर कारोबारबाट ३३ करोड रुपैयाँ जोडिएको छ । बैंकले गत आर्थिक वर्षको चैत मसान्त अवधीमा सेयर कारोबारबाट १० करोड रुपैयाँ नाफा गरेको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

मेगाको वितरणयोग्य नाफा नै एक अर्ब २९ करोड रुपैयाँ रहेको छ । १४ अर्ब ६५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २ अर्ब ९७ करोड रुपैयाँ छ । बैंकले चैत मसान्त अवधीमा एक खर्ब ३३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर एक खर्ब ३३ करोेड रुपैयाँ नै कर्जा लगानी गरेको छ । बैंकको खुद ब्याज आम्दानी नै ४ अर्ब ८ करोड रुपैयाँ छ, जुन गत आवको सोही अवधीमा ३ अर्ब १८ करोड रुपैयाँ थियो ।

मेगाको आधार ब्याजदर ७.५९ प्रतिशतमा झरेको छ भने कस्ट अफ फण्ड पनि ५.५५ प्रतिशतमा झरेको छ । त्यस्तो ब्याजदर गत चैतमा ९.९४ प्रतिशत र कस्ट अफ फण्ड पनि ७.१८ प्रतिशत थियो । मेगाको खराब कर्जा १.३१ प्रतिशत मात्रै छ । स्प्रेड दर ३.६२ प्रतिशत कायम गरेको मेगाको प्रति सेयर आम्दानी १८.१९ रुपैयाँ छ भने प्रति सेयर नेटवर्थ १३६.४१ रुपैयाँ छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्