Shikhar Insurance

वाणिज्य बैंकको नाफा ५० अर्ब ७४ करोड, एनएमबि, कुमारी र एनबी एग्रेसिभ, धेरै कमाउने नविल

सिंहदरबार संवाददाता
२०७८ बैशाख १५, बुधबार १२:१०
NIMB
Nabil Bank

काठमाडौं । २७ वटा वाणिज्य बैंकले ९ महिनामा ५० अर्ब ७४ करोड रुपैयाँ नाफा आर्जन गरेका छन् । कोरोनाको कहरलाई छिचोल्दै वाणिज्य बैंकहरुले गत आवको सोही अवधीको तुलनामा १३.५१ प्रतिशतले नाफा बढाएका हुन् । २०७६ चैत मसान्तमा यीनै बैंकहरुको नाफा ४४ अर्ब ७० करोड रुपैयाँ थियो ।

चालु आवको चैत मसान्त अवधीसम्ममा एनएमबि बैंक, कुमारी बैंक, एनबी र सिद्धार्थ बैंकको ग्रोथ एग्रेसिभ देखिएको छ । यी बैंकहरुको नाफा ५० प्रतिशत भन्दा बढीले वृद्धि भएको छ । सबै भन्दा धेरै नाफा बढाउने सूचिमा एनएमबि बैंक छ जसको नाफा ८८.८६ प्रतिशतले बढेको देखिन्छ ।

Citizen Life
Kumar Bank
Nepal Life

दोश्रोमा कुमारी बैंक देखिन्छ, जसको नाफा ७८.५८ प्रतिशतले बढेको छ । तेश्रोमा देखिएको एनबी बैंकले पनि ६३.०२ प्रतिशतले नाफा बढाउन सफल भएको छ । धेरै नाफा बढाउनेहरुको सूचिमा सिद्धार्थ बैंक छ । यो बैंकले चैत मसान्त अवधीसम्ममा ५४.१२ प्रतिशतले नाफा बढाएको छ ।

धेरै कमाउने नविलसहित कुन कुन ?
यसपाली पनि धेरै नाफा कमाउने बैंकहरुको सूचिमा नविल नै अगाडी देखिएको छ । नविलले ९ महिनमा ३ अर्ब ६७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । धेरै कमाउनेहरुको दोश्रो नम्बरमा ग्लोबल आईएमई बैंक देखिएको छ । यसले ३ अर्ब ५७ करोड रुपैयाँ नाफा गरेको छ ।

धेरै कमाउनेहरुको सूचिमा तेश्रो र चौथोमा क्रमशः राष्ट्रिय वाणिज्य बैंक ३ अर्ब २७ करोड तथा एनआइसी एसिया बैंक ३ अर्ब रहेका छन् ।

 

कसको कति ?

GBIME

प्रतिक्रिया दिनुहोस्