Shikhar Insurance

सेयर कारोबारबाट नाफा कमाउन बैंकहरुको प्रतिष्पर्धा, कसले कति कमाए ?

सिंहदरबार संवाददाता
२०७८ बैशाख १५, बुधबार १७:३९
NIMB
Nabil Bank

काठमाडौं । वाणिज्य बैंकहरु कोर बैंकिङ कारोबारबाट भन्दा पनि सेयर किनबेच गरेर नाफा कमाउने प्रतिष्पर्धामा लागेको देखिएको छ । चालु आर्थिक वर्षको नौ महिनामा २७ वाणिज्य बैंकहरुले सेयर कारोबारबाट ६ अर्ब ९० करोड रुपैयाँ नाफा आर्जन गरेको देखिन्छ । यो नाफा उनीहरुको कुल नाफाको १३.६ प्रतिशत हुन आउँछ ।

अर्थात वाणिज्य बैंकहरुले आफ्नो कुल नाफाको १३ प्रतिशत भन्दा बढी रकम सेयर कारोबारबाट आर्जन गरेका हुन् । निक्षेप संकलन र कर्जा प्रवाहबाट नाफा कमाउनुपर्ने मुल कार्यक्षेत्र रहेका बाणिज्य बैंकहरु सेयर कारोबार जस्तो गैर बैंकिङ गतिबिधीबाट नाफा कमाउने प्रतिष्पर्धामा लागेको तथ्यांकले नै देखाउँछ ।

Citizen Life
Kumar Bank
Nepal Life

बैंकर्स संघका अध्यक्ष भुवन दाहालले चालु आवको पहिलो नौ महिनमा बैंकहरुको नाफा बढेको तर त्यसमा सेयर कारोबारको हिस्सा अन्य समयको भन्दा धेरै रहेको बताए । ‘नाफामा १३।१४ प्रतिशतको वृद्धि नै देखिन्छ तर त्यसमा सेयर कारोबारको हिस्सा पहिलेको भन्दा धेरै छ’, सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत समेत रहेका दाहालले सिंहदरबारसँग भने ।

वाणिज्य बैंकहरुको नाफा १३.५१ प्रतिशत बढ्दा सेयर कारोबारबाट आर्जित नाफा भने १०७.२ प्रतिशतले बढेको देखिन्छ । बैंकहरुले चैत मसान्त अवधीमा ५० अर्ब ७४ करोड रुपैयाँ नाफा गरेका छन् । जसमा ६ अर्ब ९० करोड रुपैयाँ सेयर कारोबारबाट आर्जन भएको देखिन्छ ।
अघिल्लो आवको सोही अवधीमा बैंकहरुको कुल नाफा ४४ अर्ब ७० करोड रुपैयाँ थियो र त्यसमा सेयर कारोबारबाट आर्जित नाफाको हिस्सा ३ अर्ब ३३ करोड रुपैयाँ मात्रै थियो ।

चालु आवको नौ महिनामा सेयर कारोबारबाट नविल बैंकले सबै भन्दा धेरै नाफा गरेको छ । यो बैंकले सेयर कारोबारबाट एक अर्ब ५ करोड रुपैयाँ नाफा गरेको छ भने नेपाल इन्भेष्टमेन्ट बैंकले ५९ करोड नाफा गरेको छ । सिद्धार्थ बैंकले पनि सेयर कारोबारबाट ५४ करोड रुपैयाँ नाफा गरेको देखिन्छ ।

लक्ष्मी बैंकले ४० करोेड र राष्ट्रिय वाणिज्य बैंकले ३९ करोड रुपैयाँ नाफा सेयर कारोबारबाट गरेको देखिन्छ । बैंकहरुले सार्वजनिक गर्ने त्रैमासिक वित्तिय विवरणमा ‘अदर अपरेटिङ इनकम’का नाममा सेयर कारोबारको नाफा समावेश हुन्छ ।

त्यस्तो नाफामा कतिपय बैंकहरुले विभिन्न सूचिकृत कम्पनीहरुमा लगानी गरेको संस्थापक सेयर बिक्रि वापत प्राप्त गरेको रकम पनि राखिन्छ । नविल, एनआईसी एसिया, एभरेष्ट लगायतका बैंकहरुले लघुवित्त कम्पनीहरुमा गरिएको संस्थापक सेयर बेचेका थिए ।

 

कसको कति ?

GBIME

प्रतिक्रिया दिनुहोस्