Shikhar Insurance

बागमति प्रदेशमा ओली समुहले एकलौटी मन्त्रिपरिषद विस्तार गर्यो, अब सरकार ढल्ने

सिंहदरबार संवाददाता
२०७८ बैशाख १५, बुधबार १६:०८
NIMB
Nabil Bank

काठमाडौं । बागमति प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले ओली पक्षिय सांसदहरुलाई समेटेर मन्त्रिमण्डल विस्तार गरेका छन् । पार्टी बरिष्ठ नेता माधव कुमार नेपाल समुहसँग छलफल नै नगरि एकलौटी रुपमा मन्त्रि मण्डल विस्तार गरेका छन् । यसअघि नेकपा कायम रहँदा मुख्यमन्त्री पौडेल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

अविश्वासको प्रस्ताव दर्तासँगै माधव नेपाल समुहका मन्त्रीहरुले राजीनामा गरेका थिए । अदालतले एमाले ब्युताईदिएपछि पुनः अविश्वासको प्रस्ताव फिर्ता भएको थियो । आफुहरुसँग छलफल नै नगरि मन्त्रि मण्डल विस्तार गरेपछि माधव नेपाल समुह आक्रोशित बनेको छ । नेपाल समुहले एकलौटी मन्त्रिपरिषद विस्तारले राम्रो नतिजा नल्याउने बताएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

यसको अर्थ अब मुख्यमन्त्री विरुद्ध दर्ता हुने अविश्वासको प्रस्तावको पक्षमा माधव नेपाल समुहले मतदान गर्नेछ र सरकार ढल्नेछ भन्ने नै हो ।
बागमति प्रदेशको संसदीय दलमा माधव नेपाल समुह बहुमतमा रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्