Shikhar Insurance

यी हुन् आरबीबीमा मोबाइल बैंकिङ चलाएर थाइल्यान्ड भ्रमणको अवसर पाउने व्यक्ति

सिंहदरबार संवाददाता
२०७८ बैशाख १५, बुधबार १७:१६
NIMB
Nabil Bank

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको मोबाइल बैंकिङ प्रवद्र्धन गर्न २०७७ चैत ५ गतेदेखि २०७८ वैशाख ५ गते सम्म(एक महिना) चलाइएको योजनाको विजेता छनोट भएका छन् । एफवान सफ्टको सहकार्यमा सञ्चालन भएको ७३ हजार कारोबारबाट र्यान्डम्ली छनौट भएका नौ जना विजयीहरुको नाम घोषणा गरिएको हो ।

सो समारोहमा नयाँ मोवाइल बैंकिङ्ग प्रयोगकर्ताहरु मध्येबाट स्वर्णिम पौडेलले थाइलैण्ड भ्रमणको कपल टुर मेगा पुरस्कार प्याकेज पाएका छन् । यसैगरी तुलाराज बोहोरा, प्रविन वली, बालकृष्ण देवकोटा, सिद्धिलाल साह तेली, सृजना नेपाली, सक्षम अधिकारी, प्रेमबहादुर भण्डारी र नुरुलहोडा अन्सारीले सामसुङ्ग ग्यालेक्सी एम०१ कोर ब्रान्डको एक एक थान मोबाइल फोन सेट पुरस्कार पाएका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्