Shikhar Insurance

निषेधाज्ञामा बैंकहरु सबै खुल्ने तर १० देखि २ बजेसम्म मात्रै

सिंहदरबार संवाददाता
२०७८ बैशाख १५, बुधबार १९:११
NIMB
Nabil Bank

काठमाडौं । निषेधाज्ञा अवधीमा उपत्यका भित्र बैंक तथा वित्तिय संस्थाका शाखाहरु बिहान १० बजेदेखि २ बजेसम्म मात्रै खुल्ने भएका छन् । नेपाल बैंकर्स संघ र नेपाल राष्ट्र बैंकबीचको छलफलले बैंकका सबै शाखा खोल्ने तर १० बजेदेखि २ बजेसम्म मात्र खुला गर्ने निर्णय भएको संघका अध्यक्ष भुवन दाहाले बताए ।

केहि दिन १० देखि २ बजेसम्म सबै शाखा खोल्ने र नयाँ परिस्थितति अनुसार अनुकुल निर्णय गर्दै जाने पनि अध्यक्ष दाहालले जानकारी दिए । बैंकर्स संघले सकेसम्म डिजिटल बैंकिङ प्रयोग गर्न, त्यो सम्भव नभए एटिएम प्रयोग गर्न अनुरोध पनि गरेको दाहालले जानकारी दिए ।
‘अहिलेलाई १० देखि २ बजेसम्म् सबै शाखा खोल्ने सहमति भएको छ, केहि दिनपछि थप निर्णय गर्दै जानेछौं’, दाहालले भने ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्