Shikhar Insurance

आयल निगमले भन्योः पेट्रोल पम्पहरु निषेधाज्ञामा पनि खुल्छन्, इन्धनको अभाव हुन्न

सिंहदरबार संवाददाता
२०७८ बैशाख १५, बुधबार २०:१७
NIMB
Nabil Bank

काठमाडौं । नेपाल आयल निगमले निषेधाज्ञा अवधीमा पनि पेट्रोल पम्पहरु खुला हुने र इन्धनको अभाव नहुने स्पष्ट पारेको छ । आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले भने–‘पेट्रोल पम्पहरु निषेधाज्ञामा पनि खुल्लै हुन्छन्, पर्याप्त मात्रामा भण्डारण गरेका छौं र आयात पनि निरन्तर जारी नै रहन्छ, आत्तिनु पर्ने अवस्था छैन् ।’

उनले उपभोक्ताहरुलाई पेट्रोल पम्पहरुमा लाइन लागेर नबस्न आग्रह पनि गरे । इन्धनको आपूर्ति सहज रहेको र वितरणमा पनि कुनै समस्या नआउने प्रतिवद्धता पनि पौडेलले व्यक्त गरे ।

Citizen Life
Kumar Bank
Nepal Life

निगम प्रवक्ता विनितमणी उपाध्याले विज्ञप्ति नै निकालेर निषेधाज्ञाको अवधीमा पनि उपत्यका भित्रका सबै पम्पहरुलाई सहज ढंगले इन्धन बिक्रि वितरण गर्न तयारी अवस्थामा राखिएको पनि जानकारी दिएका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्