Shikhar Insurance

बीमा विरुद्ध खनिए केपी ओली, भनेः नत्र बीमाले लुटेको ठहरिन्छ

केपी ओली
२०८० माघ १९, शुक्रबार १६:३३
NIMB
Nabil Bank

काठमाडौं । धेरै व्यक्तिहरु करकापले बीमा गर्छन् । करकापले गरेको बीमाको दुई तीन किस्ता तिर्छन् । त्यसपछि त्यो अलपत्र पर्छ । र त्यो सिधै बीमा कम्पनीको नाफामा जान्छ । बीमा गर्ने व्यक्तिले लागत खर्च कटाएर बाँकी पैसा फिर्ता पाउनुपर्ने हो की ? व्यक्तिले बीमा गर्यो अनि सधै प्रिमियम तिर्न सकेन भनेर उसको पोलिसी ल्याप्स नै हुने ? सम्पूर्ण पैसा ल्याप्स हुने ? त्यो पैसा ल्याप्स नै गर्न त मिलेन होला नी । सबै पैसा ल्याप्स गरिदिने ? अहिलेसम्म फिर्ता गरेको त मलाई थाहा छैन् ।

Citizen Life
Kumar Bank
Nepal Life

दुई चार किस्ता बुझायो अनि नियमित बुझाउन सकेन भने लागत खर्च कटाएर सम्बन्धीत व्यक्तिको पैसा फिर्ता गर्नुपर्छ । होइन भने सर्वसाधारण त ठगिएको ठगियै हुन्छ ।
बीमामा काम गर्नेहरुले दाई भाउजु यति त गरिदिनु पर्यो भन्ने, घरका सबैलाई कर गरेर बीमा गर्न लगाउँछन् । दुई चार किस्तापछि नियमित पैसा बुझाउन सक्दैनन् । दुई बर्षसम्म बीमा कम्पनीले पैसा तिर्नु पर्यो भने सम्झाउँछ । त्यसपछि कम्पनीले पनि वास्ता गर्दैन् । दुई चार बर्षपछि सबैले बिर्सन्छन् । यस्ता कुराहरु होलान नी धेरै । यस्ता बिषयहरुमा कस्ता नीति लिनुपर्ने हो ? हामीले सर्वसाधारण जनताको पीँडा हटाउने बिषयहरुलाई आफ्ना नीति बनाउनुपर्छ । यस्ता बिषयमा बीमा संस्थान(बीमा प्राधिकरण)लाई पनि भन्नुपर्छ । नत्र बीमाले लुटेको ठहरिन्छ । इन्स्योरेन्स भनेको त सेक्युरीटीको इन्स्योर गर्नका लागि गरिने हो । होइन भने त्यो इन्स्योर त लुटपाटको इन्स्योर हुनेभयो । २० बर्षसम्म मान्छेले सानोतिनो रकम तिरिरहन्छ भन्न सकिन्न । करकापले खोलेको हुन्छ बीमा पनि ।

मैले त सुनिरहेको हुन्छु, हाम्रो रकम गयो, बीमाले खायो, समयमा भुक्तान गरिएन् । केहि न केहि रकम त बुझाईयो नी त कम्पनीहरुलाई । अनि सबै रकम सर्लक्क ल्याप्पै खाने पचाउने ?ल ठिक छ, ओभर हेड कस्ट कटाएर केहि रकम त फिर्ता गरिदिनु पर्यो नी ।(नेकपा(एमाले) निकट बैंक तथा बीमा क्षेत्रका कर्मचारीहरुको अधिवेशनमा एमाले अध्यक्ष ओलीले व्यक्त गरेको विचारको सम्पादित अंश)

GBIME

प्रतिक्रिया दिनुहोस्