Shikhar Insurance

‘कोरोना बीमाको पैसा २० दिन भित्र तिर्न सकिन्छ, २ बर्षपछि इन्स्योरेन्समा रिटर्नको बुल आउँछ’

सिंहदरबार संवाददाता
२०८० माघ २०, शनिबार ०९:३२
NIMB
Nabil Bank

काठमाडौं । नेपाली बीमा क्षेत्रमा छुट्टै छवि स्थापित गर्न सफल व्यक्तित्वमा गनिन्छन् शिखर इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ‘दीपप्रकाश पाण्डे’ । कुशल नेतृत्व लिन अब्बल पाण्डेले बीमा क्षेत्रमा निरन्तर तीन दशकभन्दा लामो समयको कार्य अनुभव संगालेका छन् भने उनले निर्जीवन बीमा कम्पनीहरुको छाता संगठन  ‘नेपाल बीमक संघ’ को पनि दुई कार्यकाल सफल नेतृत्व गरिसकेका छन् । तत्कालिन एभरेष्ट इन्स्योरेन्सको पनि नेतृत्व गरेका पाण्डे शिखर इन्स्योरेन्सका संस्थापक सीईओ हुन् । उनी नेपालको पहिलो र सरकारी लगानी समेत रहेको पुनर्बीमा कम्पनी नेपाल रि इन्स्योरेन्सको संचलाक समितिमा पनि स्थापना कालदेखि नै आवद्ध भए । प्रस्तुत छ उनै सीईओ पाण्डेसँग ‘इन्स्योरेन्स टक’ कार्यक्रममा भएका संवादका सम्पादित अंशहरु ।

प्रतिस्पर्धी कम्पनीहरु जुटेर, मर्जरमा गएर, शेर भएर आईरहेका छन् । कतिको मुस्किल लागेको छ प्रतिस्पर्धा ?
यो त पासिङ फेज हो, हुन्छ । हुनु पनि पर्छ । नयाँ अवसरको सिर्जना हुन्छ, बजारको आयामहरुमा परिवर्तन आउँछ । मैले त यसलाई सकारात्मक रुपमा लिएको छु ।

Citizen Life
Kumar Bank
Nepal Life

पुँजी बढेपछि व्यापारको साइज बढ्नु पथ्र्यो, अलिअलि मात्रै बढेको हो र ?
त्यसमा यसरी हेर्नुपर्छ । पहिले दश करोड रुपैयाँ चुक्तापुँँजी पनि बढि थियो होला, बिस्तारै २५ करोड भयो सय करोड भयो । व्यापार बढ्दै गएपछि त्यही अनुसारको परिवर्तन हुँदै जान्छ । अहिले अलि पहिले अयो होला तर यसले पनि बजारमा सीईओहरुलाई बीमाको नयाँ दायरा खोज्न र बीमाको दायरा बढाउन सहयोग नै गर्छ ।

तर, तपाई त नियामकले पुँजी बढाउ भन्नु भन्दा पहिले नै पुँजी बढाउँदै जानु भएको थियो नि ? त्यो ज्ञान कसरी प्राप्त भएको थियो, कि सुटुक्क सूचना लिनु भएको थियो ?
भगवानले कहाँबाट साथ दिनुहुन्छ थाहाँ छैन । म लक्कि पनि छु, कतिपय कुरामा । हामीले नयाँ बीमा ऐन आउँने बेलामामै चार सय करोडको पुँजी परिकल्पना हुन थालेका थिए, त्यति बेला नै सुटुक्क एउटा भान दिएको थियो । क्यापिटल बढाउने कुरा सीईओको लागि पनि सजिलो कुरा होइन त्यसैले हामीले बीमाको दायरा बढायौं । पहिलेका विवरण हेर्नु भयो भने हाम्रो नाफा कम छ ।

किन नि ?
किनभने पहिले नै हामीले एक्सपान्सको मोडमा गयौं । नयाँ नयाँ बीमालेखहरु, नयाँ क्षेत्रको खोजीमा लाग्यौ । त्यस्ता कुराले कम्पनीको खर्च बढ्छ । एउटा बीमालेख बनाउँन २० लाखदेखि एक करोड रुपैयाँसम्म खर्च हुन्छ ।

यस्तो क्यापिटल प्लान लिदा बोर्डमा, साधारण सभामा दु:ख पाइन्न ?
त्यो त कन्भिस गर्ने कुरा हो । हाम्रो बोर्डले हामीलाई साथ दिएको छ । त्यसै कारणले पनि हामीलाई सजिलो भएको छ । तर, हामो ईपिएसहरु कम छ, डेभिडेन्टहरु विगतमा राम्रै दिएकाले अहिले पनि लगानीकर्ताहरुलाई यो मान्छेले गर्न सक्छ भन्ने विश्वास छ । हुन त आउँने दुई वर्ष हामीलाई अलिकति गाह्रो होला किनभने त्यतिधेरै खर्च हामीले गरिसकेका छौ नि त । आजको दिनमा ६ सय ५० जना कर्मचारीहरु राखेर अगाडी बढ्न सक्नु, १ सय २० शाखा संजालहरु राख्नु भनेको त त्यसमा निकै खर्च लाग्ने कुरा हो । अझ यस्तो पुरानो पुरानो बीमा कम्पनीले धान्न सक्ने कुरा पनि थिएन । अहिले हामीले सकेका छौ ।

तर, जुन रणतीतिका साथ तपाईहरुले र नियामक निकायले चुक्तापुँजी बढाउनु भयो त्यो अनुसार केकको आकार बढेन भने समस्या निम्तिन सक्छ । कतिपय सीईओहरुले चार पाँच प्रतिशतमा जानु पर्ने व्यापार दुई तिन प्रतिशतमा खुम्चिन सक्छ भन्नु भएको छ ?
त्यसरी जानु हुँदैन भन्छु म । दुई प्रतिशतमा खुम्चिने अहिलेको अवस्थामा देखिएला तर त्यसलाई बढाउने प्रयास पनि त गर्नु पर्यो नि ।

तपाईलाई थाहै छ तेस्रो पक्ष बीमा, घरको ऋण लिने बीमाहरु अनिवार्य छन् । त्यस्ता बीमाले तपाईहरुको व्यापार पनि सुनिश्चित गर्दिएको छ । त्यसरी व्यापार सुनिश्चित खोज्ने अरु एरियाहरु कहाँ कहाँ छन् ?
सुनिश्चित बिजनेश खोज्ने अवस्था हामी आफैले सिर्जना गर्नुपर्छ । बीमा भनेको जोखिम बहन गर्ने पहिलो बजार त हो नी, होइन र ? नेपाल बैकको स्थापना पनि त्यसरी नै भयो । बैकको लोनले गर्दा फोर्स मार्केट आयो । मैले त स्वइच्छाले बीमा गराउँने वातावरण सिर्जना गराएको छुँ नी, बाबा ।

कृषी बीमा हामीलाई लादिएको भनिए पनि मानिसले बीमा बुझ्ने अवसर पाए । बीमा भनेको त रिक्स मिटिगेट गर्ने टुल रहेछ भन्ने नागरिकहरुले थाहाँ पाउँनु भएको छ ।

अहिले त तपाईहरु आफै सरकारबाट पाउँनु पर्ने प्रिमियम बापतको रकम नपाएर रोइकराई गर्नु भएको अवस्था छ नि ?
अब सरकारको विश्वास गर्न नसक्ने वातावरण बन्दै गयो भने त्यो अर्कै कुरा हो, त्यो भोलिको कुरा हो । एउटा साधारण नागरिकदेखि सबैले सरकारको विश्वास त गर्नै पर्यो । राष्ट्र नै सरकारको प्रोपर्टी हो नी ।

यो कृषी बीमालाई सरकारको प्रिमियममा योगदान रहेन भने यही फर्म्याटमा निरन्तारता दिने हो र ?
धेरैमा छ । कृषी बीमामा तपाईले हेर्नु भयो भने क्याटल, बर्ड्स, एनिमलहरुमा मान्छेको विश्वास बढेको अवस्था छ । पल्ला घरको साईलाको गाई मरेको थियो नयाँ गाई कसरी किनेछ भनेर सोध्छ के ? अनि ए बीमाले पो तिरेछ भन्ने खासखुस भएपछि मान्छेहरुले बीमा के हो ? बुझ्न थाहाँ पाइसकेका छन् ।
अनि बालि बीमामा नि ?
बालि बीमामा केरामा समस्या छैन । धानमा हामीले गर्नु पर्नेछ । स्याउको हेर्नु भयो भने आजभन्दा ६ वर्ष अघि मैले दुई लाख रुपैयाँ बराबरको बीमा गरेको आजको दिनमा १७ करोड रुपैयाँ बराबरको बीमा गराएको छ । मेरो कर्मचारीले २५ करोड रुपैयाँसम्मको गर्छु भन्छन् । त्यहाँ जोखिम पनि छ, असिनाको, रोगको जोखिम पनि छ नि । अहिले मानिसहरु कृषि बीमामा आकर्षित भएको अवस्था छ । बीमा गरे पनि नगरे पनि कम्तीमा पनि ५० देखि ६० प्रतिशत व्यक्तीहरु मानिसहरु अहिले कृषी बीमामा आवद्ध भएको अवस्था छ ।

त्यसले अर्को फाइदा भनेको घर बीमा पनि बढेको छ । मैले एउटा सानो उदाहरण दिन चाहान्छु । कालिकोट, मुगु, डोल्पाहरुमा स्याउ बीमा गर्दा मेरा स्टाफहरुले अलिकति फोर्स गरेछन् । घर पनि बीमा गर्नुपर्छ भनेछन् । उनीहरुलाई बीमाले नचाहिदो दुख दिन्छ होला भन्दै बीमा गरेका उनीहरुले जोखिम बहन गर्नुपर्यो र बीमाले पैसा पनि दियो । त्यो एरियाको सबै पालिकाहरुले पनि भर्खर बीमा गर्ने प्रचलन बढाएका छन् ।

बीमापोलिसी अनुसार नाफा घाटाको हिसाब गर्नुपर्ने हो । यो कृषीको, पशुपक्षी, बालि बीमा नाफाको लागि हो कि समाजसेवाका लागि हो ?
आजकोदिनमा यो लगानीको हो भोलिको दिनमा त प्रतिफल हो नि । यसले बीमाको दायरा बढाएको छ । म सधै भन्छु सरकारको प्राथमिकतामा बीमा कहिल्यै पनि परेन । पछिल्लो एक, दुईवटा बजेट भाषणमा यो बीमा भन्ने शब्द बजेट भाषणमा परेको छ नत्र कहिले पनि यो प्राथमिकतामा परेन ।

बीमालाई जहिल्यै पनि गालि गर्ने माध्यम बनाइयो । अहिले भनेको सिमित वर्ग जसको नियत ठिक छैन, त्यस्ता एक, दुई प्रतिशतले गुनासो गरेका छन । त्योभन्दा बाहेक बीमाले तिरेको छ । आज मेरो कम्पनीले वर्षको २० देखि ३० हजार क्लेम तिर्छ र हामीले दुईसयदेखि तीन सय करोडको क्लेम तिर्छौ । बीमाले तिर्छ, तिरेको छ । बीमा राष्ट्रको आवश्यक छ । जब भुकम्प गयो राष्ट्र सहायता लिन बाहिर जानु पर्यो नि अब त्यसरी जानु पर्दैन । मानवियता, खाद्यान्नको लािग बाहिरबाट सहयोग लिनुपर्ला तर राष्ट्र पुननिर्माणको लागि बीमा बाहेक अरु माध्यम हुँदैन ।

तपाईले अघि सरकारले बीमा बुझेन भन्नु भएको थियो । सरकारले झ्याप्पै बीमा बुझेको थियो त्यसैले कोरोना बीमा बजेटमा राखेको थियो । त्यो तपाईहरुको लागि गलपासो भएको छ ?
यसमा म के भन्छु भने बीमा उद्योगले कहाँ गल्ति गर्यो भन्छु के । तपाईको एउटा परिकल्ना गर्नुस् न, एउटा तपाई घरबाट बाहिर निस्कीने वातावरण थिएन । अस्पतालमा बसेका परिवारका सदस्यलाई खाना पुर्याउन घरको सदस्य नै जानु पर्ने बाध्यता थियो । दुर्गम ठाउँको मान्छेले काठमाडौंको टेकु अस्पतालमा पुर्याउन त्यहाँ खानाको बन्दोबस्त गर्न उसलाई खर्च लाग्थ्यो । लघु बीमाको रुपमा हामीले त्यसलाई ल्यायौ त्यो बीमा अत्यन्तै चल्यो । तर, बीमापोलिसी धेरै नै चलेपछि हामीले फेरी भनेका थियौ अब हामीले सक्दैनौ हामीले धान्न सक्ने त गरिसक्यौं । तत्कालिन नेपाल सरकारले मापदण्ड ल्यायो, हामीले सरकारलाई विश्वास गर्यौं । हामीले कहाँ गल्ती गर्यौ ?

रि इन्स्योरेन्समा त सरकार थियो ?
हो नि सरकार नै थियो । आजको दिनमा १० अर्ब रुपैयाँ भनेको सरकारलाई कुनै ठूलो कुरा होइन । हामीलाई एक वर्षमा उठ्ने करमा समायोजन गर भन्यो भनेर वातावरण दियो भने हामी १५ देखि २० दिनमा तिर्छौ । यसले अर्थतन्त्र चलयमान हुन्छ, बीमाको विश्वास बढ्छ ।

तपाईहरुले सरकारसँग गरेको पछिल्लो नेगोसियसन के थियो ?
हामीले कुनै नेगोसियसन गरेको छैन । जे निर्देशन आएको छ हामीले त्यही पालना मात्र गरेका छौं । निर्देशन मात्र पालना गरेका छौं । बीमा उद्योग नेगोसियसन गर्ने स्थितीमा छैन ।

तपाईहरु गएर लविङ गर्ने, मार्केट बिगार्यो भन्ने केही अवस्था छ कि ?
अरे बाबा, मेरो एउटा सानो प्राईभेट कम्पनीको आज कृषीमा बीमाको ६० करोड रुपैयाँको अनुदान लिन बाँकी छ, चुप लागेर बसिरहेको छु । सरकारले देला अनि लिउँला भनेर बसिरहेका छौं, कुनै नेगोसियसन भएको छैन ।

कृषी तथा पशुपक्षीको बीमापोलिसी बेच्न छाड्नु भएको हो ?
छैन । यसरी पैसा आएन भने त्यो दिन पनि आउँन सक्छ ।

त्यस्तो परिकल्पना नगरौ, सरकारले चाडै पैसा देला नि ?
हाम्रो सरकारसँग सधै निवेदन पनि त्यही नै छ । (उनले दुई हात जोड्दै भने ।)

बजारमा तपाईलाई बजारमा अब्बल कम्पनीको, अब्बल सीईओ भन्छन् । त्यो एक नम्बरमा पुग्न एउटा जोखिम हो, त्यहाँ टिक्नु अर्को जोखिम हो । कसरी त्यहाँ रहिरहने ?
होइन, म त एउटा लक्कि मान्छे छु । मुख्य कुरा भनेको बीमाको दाबी समयमा नै तिर्नुपर्छ । कति कुरामा मानिसलाई लगानी गर्न पनि पछि हटनु हुन्न । सहि बाटोबाट दाबी भुक्तानी गर्ने हो भने बीमाको बजार यसै फस्टाउँछनी ।

नन लाइफको फिक्स प्राइस मार्केट जस्तो छ । तपाईहरुले प्रतिस्पर्धामा के कस्ता माध्यम अपनाउँनु हुन्छ ?
मैले विश्वासको वातावरण जोगाएको छु । मैले दाबी तिरेको छु । भुँईचालो आयो, दाबी तिरेको छु । घरघरमा गएर किसानका गाई वस्तुको २० हजार देखि लाखौ तिरेको छु । बीमा दुखको साथी हुनुपर्छ ।

अलिअलि रेटकटिङमा पनि दौडादौड गर्नु हुन्छ ?
रेटकटिङ गर्नु पर्दैन । त्यो मेरो आफ्नो अनुभव हो । जब दाबी समयमा तिरिन्छ रेटकटिङ आवश्यक पर्दैन । मैले बाध्य भएर पनि इगोमा परेर तिव्र प्रतिस्पर्धामा कहिलेकाही पर्छ होला तर म त्यस्तो रेटकटिङ गर्न दिन्न ।

बीमा दुःखको साथी भन्नु भयो । झन गरिब हुन दिदैन भन्नु भयो । बीमाले हालसम्म पहुँचवालालाई नै लिएको देखिन्छ । गरिबलाई बीमासम्म जोडने उपाय के होला ?
होइन । यो त निती नै आउँनु पर्छ । जसरी कृषी बीमा लादियो त्यसरी नै ल्याउँनु पर्छ । मैले काठमाडौंको छिमेकी जिल्ला सहित डोप्पा मुगु र पुर्वमा पनि पुगे । त्यो क्यापिटल बढेपछि नै सम्भव भयो । मेरो खर्च गर्ने क्षमता बढेपछि नै म गएको हो । पहिला हामी सफ्टवेरमा १० लाख रुपैयाँ हाल्न खर्च गर्न गाह्रो हुने अवस्थाबाट लाखौ रुपैयाँ डलर बराबरमा रिप्लेस पनि भयौ । आज हामी पाँच करोड रुपैयाँ मात्रै प्रविधिमा खर्च गर्ने भएका छौ । यो हाम्रो पुँजी बढेकाले हो नी । यसको प्रतिफल भोलि आउँदा तर दुई वर्षपछिको बीमा बजार नै बेग्लै बनिसकेको हुन्छ ।

नागरिकहरु निरपेक्ष गरिबीको रेखामुखी पनि छन् । त्यसमा बीमाबाट के गर्न सकिएला ?
उद्यमी बनाउँनु पर्यो उनीहरुलाई । सरकारको भूमिका यसमा आवश्यक छ । बीमा भनेको भोलिको लागि हो । आजको आवश्यकता नपुगेका कारण, छोरालाई पढाउन, लगाउँन नसकेका कारण उनीहरुले बीमा नगर्दिएका हुन नी ।

गरिबले ईट्टा लगाएको, खर लगाएको, खाबा भएका घरको बीमा गर्नु हुन्छ कि हुन्न ?
एकदम गर्छौ ।
कसरी गर्नु हुन्छ ?
हामीले स्थानिय निकाय र पालिकासँग सहकार्य गरेर रासकोटमा ३ हजार घरको बीमा गरेका छौं । त्यौ पैसा खर्च भयो भनेर उहाँहरुलाई उद्यमी पनि बनाउँने प्रयास गरेका छौ । प्रत्येक घरमा एउटा ओखरबोट बाँढेका छौ । एउटा ओखरले तीन वर्षदेखि चार वर्षमा २० देखि ६० हजारको आम्दानी गर्छ । भोलि हामीले त्यहाँको अवस्था हेरेर त्यस्तो सामाजिक काममा अझै जान्छौं ।
सबै भवनहरुको बीमा गर्न नेपालका बीमा कम्पनीहरु सक्षम छन् त ?
गर्न सकिन्छ, कुनै इन्स्यु नै होइन त्यो । तर, त्यसमा सरकारले पनि सहुलियत गर्नु पर्यौ ।
बैंकबाट ऋण लिएको घरको मात्र बीमा गर्नु हुन्छ भन्ने छ नि ?
त्यस्तो होइन, बीमा भनेको त बानी पार्नुपर्छ । मेरो एकजना भतिज आउँनु भएको छ बाहिरबाट, उहाँहरुको तलबबाट नै शुल्क काटीएर घर बीमा हुने व्यवस्था गरिएको रहेछ । हाम्रो पनि करमा केही छुट दिएर हुन्छ कि मान्छेलाई अनुदान दिएर बीमाको वातावरण बनाउँनु पर्छ । एकदिन जोखिम त आउँछ, आउँछ ।
दाबी भुक्तानी प्रकृयामा बीमितहरुको गुनासो देखिन्छ । विभिन्न कागजी रिपोर्टहरु माग्दा बीमितहरुलाई झन्झट देखिन्छ नि ?
यसमा धेरै गर्नु पर्ने आवश्यकता आइरहेको छ । हाम्रोमा रहेका विभिन्न निकायहरुले गरेको व्यवस्था नै यस्तै छ । कुनै गाडीको पूर्ण क्षती हुँदा दर्ता खारेको प्रकृया अनिवार्य चाहिन्छ । तर, अहिले बीमा गर्ने बेलामा केवाईसी नै चाहिने अवस्था आएको छ । यसले भोलि नेशनल आईडीले नै काम हुनसक्छ । भोलिको दिनमा यो सरलिकृत बन्दै जान्छ । यस्तो बेलामा सर्भेयर (बीमा मध्यस्तकर्ता) को भूमिका महत्वपूर्ण हुन्छ । सर्भेयर बीमा कम्पनीको मान्छे होइनन् उनीहरुले निश्पक्ष काम गर्ने लाइसेन्स पाएका हुन्छन् ।

घर भत्किदा बीमा कम्पनीले गरेको बीमालाई हेर्ने हो । सर्भेयरले सहजिकरण गर्नु पर्यो, इन्जिनियर बोलाएर जटिल बनाउँने होइन । उहाँहरुको कार्यशैलीमा पनि थोरै परिर्वतन ल्याउँन जरुरी छ । बीमितलाई नै काजग माग्नु हुन्छ । सर्भेयरले गर्नु पर्ने काम पनि छन् । हिजोकोभन्दा आज सहज भएको छ । हामीले गाडी फुटेको छ, ऐना खतम भएको छ भने तस्रोपक्ष नमागी सिध्याईदेउन भन्छौ । हामीले देख्दा देख्दैको कुरामा प्रहरीको रिपोर्ट पनि माग्दैनौ । यसले बीमा सहज भएको छ । गृहकार्य हुन बाँकी पनि छन अब हामीले सर्भेयरहरुसँग पनि छलफल गर्छौ ।

सरकार देशभर निमार्ण भइसकेका र अब निर्माण हुने सार्वजनिक संरचनाको बीमा गर्ने भनेर लागि परेको छ । त्यसको लाभ कसरी उठाउने ?
सैद्धान्तिक रुपमा मात्रै भनेर भएन । व्यवहारीक रुपमा सरकारको निर्णय जानुपर्छ । बीमा कम्पनीहरुले गियर अप गरिसकेका छन्, क्यापिटल बढिसकेको छ, भोलिको दिनमा रिटर्न दिन तयार छन् । हामी त एक किसिमले खुशीले आकुल व्याकुल भएको अवस्थामा छौं । अब अर्थतन्त्र चलायमान गराउँन, यत्रतत्र छरिएर रहेका पुँजीलाई च्यानलाईज्ड गर्न, राष्ट्र सेवामा बीमाले सघाउँछ ।

अन्य केही निकायहरुले पनि बीमा सेवा दिइरहेका छन् । स्वास्थ बीमा, ईपिएफ, सीईआईटीले बीमाको काम गरिरहेका छन् । उनीहरुलाई तपाईहरुकोमा ल्याउने हो भने उनीहरुले गरेको काम तपाईहरुले नै गर्न सक्नु हुन्छ ?
त्यसमा कुनै समस्या नै छैन । हामी तयार भएर बसेका छौं । मेडिकल इन्योरेन्समा थर्ड पार्टीको हामीले काम गरिरहेका छौं, हामी स्वास्थ्य बीमामा त जान्छौं । अहिले जे गरिरहेका छौं हाम्रो लागि सुरुवाती चरणको टेस्टिङ फेजको काम उहाँहरुले गरिराख्नु भएको छ ।

सरकारले स्वास्थ्य बीमा तपाईहरुलाई दियो भने तपाईहरुले सरकारले ग्यारेन्टी गरेका सुविधाहरु दिन सक्नु हुन्छ ?
त्यसमा दुईवटा पाटाहरु छन् । एउटा समाजिक सुरक्षाको पाटो छ, रोगी र वृद्धहरुलाई, त्यसमा सरकारले धान्नुपर्छ । अन्य चाही कर्मसियल बीमा कम्पनीले तयार भएर काम गर्न सक्ने अवस्था छ ।
हामीले यो बीमा स्वतस्फूर्त रुपमा लान्छौं भन्नु भएको छ ।
बैंकास्योरेन्सलाई फेरी अघि बढाउन सकिने केही ठाउँ छ र ?
आवश्यकता छ र ? हामी त बैकको माध्यमबाट घरघरमा पुग्न सक्नुपर्यो । आजको दिनमा बैंकलाई डिस्ट्रीव्युसनको च्यानलको रुपमा प्रयोग गर्न सकिएला तर यसमा केही विकृती देखिएर नै यो रोकिएको होला नि । त्यसलाई नियन्त्रण गर्न सक्ने हो भने जान सक्किएला तर बीमा कम्पनी आफै घर घर पुग्नुपर्छ ।

लाइफ इन्स्योरेन्स जस्तै तपाईहरु घर घर जान सक्नु हुन्छ । त्यो संरचना छ त ?
होइन, घर घरको बीमा हुन्छ भने त अवसर छ भने प्रविधिको प्रयोगबाटै हामी पुग्छौं । फोनबाटै पठाएको फोटोबाट हामीले दाबी तिरिरहेका छौं । कृषी बीमाको हकमा पनि हामीले त्यही गरिरहेका छौं । त्यहाँ त अझ कम प्रिमियम आउँछ, हामीले घर बीमा त निकै प्रोफिट हुने ठाउँ हो नि ।

पुँजी बढाएको बढाई हुनुहुन्छ ,तपाईको कम्पनी शिखर इन्स्योरेन्सको तर्फबाट लगानीकर्ताहरुलाई निकट भविष्यमा के-के दिनुहुन्छ ?

अब यसमा यस्तो छ हेर्नुस् । यो आर्थिक वर्षमा एकाउण्टीङ सिस्टम चेन्ज भयो । प्रोभिजनिङहरु नै चेन्ज भयो । त्यसैले अलि सकिएन । मैले साधारण सभामा नै भनिसकेको छु अबको दुई तीन वर्षमा कम्पनी एउटा मोडमा पुग्छ । अहिले हामी ग्रोथ मोडमा छौं । हामीले खर्च गरेका छौं । दायरा पनि बढाएका छौ । हामीले नन प्रोफिटेवल बिजनेश पनि गरेका छौं । कति बिजनेशहरु ट्रायलको रुपमा गरेका छौ जसको रिटर्न तुरुन्त नआउँन सक्छ । मलाई दुई वर्ष जति लाग्छ आगामी दुई वर्ष पनि एउटा बुल आउँछ, हामी त्यसको लागि तयार भएर बसेका छौं ।

इन्स्योरेन्सको बुल ?
हजूर, रिर्टनको बुल आउँछ । तपाईले हिस्टोरिकल्ली हेर्ने हो भने सुरुमा आएका कम्पनीले आज चार, पाँच वर्षमा रिटर्न दिन थालेका छन् । हामीले पनि क्यापिटल एउटा लेभलमा पुर्याएर नयाँ कम्पनी खोलेको जसरी काम गरिरहेका छौ । दुई वर्ष भयो पुँजी बढाएको अबको दुई वर्षमा हाम्रो प्रतिफल राम्रो हुन्छ ।

लामो कुराकानी गरियो । अझै केही अन्तर कुन्तरमा छुटे भन्ने महशुस गर्नु भएको छ भने भन्नु होला ।
दुईटा कुरा , एउटा मैले बीमाको बजार बिस्तार गर्न यसलाई प्रवर्द्धन गर्न सरकारको रोल निकै आवश्यक छ । सरकारले यसलाई आफ्नो प्राथमिकतामा राख्नु पर्यो, बस्नु पर्यो, बीमा कम्पनीसँग छलफल गर्नु पर्यो । अर्को भनेको हामी बीमा कम्पनीले हाम्रो व्यवसाय बढाउने हो भने दिगो विश्वासको वातावरण बढाउनु पर्छ । बीमा कम्पनी प्रति जनविश्वासको वातावरण बढाउनु पर्छ । यो जनविश्वासको वातावरण बढाउने भनेको दाबी तिरेरै हो । दाबीलाई सरलिकृत र सहजिकरण गरेर नै अगाडी बढ्यो भने हाम्रो इन्स्योरेन्स उद्योगको भविष्य एकदमै राम्रो छ जस्तो लाग्छ ।

अर्थात, इन्स्योरेन्स गर्नुस्, दाबी पाउँने बेलामा डकुमेन्ट बुझाएर पैसा लिनुस् !
बीमा गरौं, ढुक्क बसौं । र, बीमा राईट तरिकाबाट गरौं । बीमालाई समय दिऔ । हामीले बैंकमा लोन लिनुपर्यो भने महिनौ, दुई महिना दिन्छौं । बीमाको लागि एक घण्टा दिन पनि मान्छेहरुलाई गाह्रो छ, त्यो गर्नु भएन भन्छु म ।

हवस् । महत्वपूर्ण समय र विचारको लागि यहाँलाई धेरै धेरै धन्यवाद ।
अवसर दिनुभयो यहाँलाई पनि धन्यवाद, हवस्त ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्