Shikhar Insurance

शाओमीको ब्रान्ड एम्बासडरमा अभिनेत्री स्वस्तिमा खड्का नियुक्त

सिंहदरबार संवाददाता
२०८० माघ २८, आईतवार १६:५३
NIMB
Nabil Bank

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले आफ्नो ब्रान्ड एम्बासडर नियुक्त गरेको छ । शाओमीले अभिनेत्री स्वस्तिमा खड्कालाई एम्बासडरमा नियुक्त गरेको हो । खड्का आफ्नो अभिनय क्षमताको लागि पछिल्लो समय निकै लोकप्रिय अभिनेत्री हुन् ।

शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर मनु मनस्वीले भनिन्,“नेपालको लोकप्रिय अभिनेत्री एवम् शालीन व्यक्तित्वकी धनी स्वस्तिमा खड्कालाई शाओमीको ब्रान्ड एम्बासडरको रुपमा नियुक्त गर्न पाउँदा हामी निकै उत्साहित छौँ । हाम्रो सहकार्यले शाओमीले अझ उचाई लिनेछ भन्ने कुरामा हामी विश्वस्त छौँ ।”

Citizen Life
Kumar Bank
Nepal Life

“शाओमी जस्तो ग्लोबल टेक्नोलोजी लिडर ब्राण्डको ब्राण्ड एम्बासडर हुन पाउँदा म निकै गौरवान्वित छु । अत्याधुनिक र इनोभेटिभ स्मार्टफोनहरु र एआइओटी प्रोडक्टहरु प्रदान गर्दै आइरहेको शाओमीको लक्ष्य र मेरो व्यक्तिगत लक्ष्य मेल खान्छ । मलाई यो अवसर दिएकोमा शाओमीप्रति आभारी छु, मलाई आशा छ यो सहकार्यले हामी दुवैलाई एउटा नयाँ उचाइमा पु¥याउनेछ ।” नवनियुक्त ब्रान्ड एम्बासडर स्वस्तिमा खड्का बताएकी छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्