Shikhar Insurance

स्थायी बसोवासको लागि १ वर्षमा ७० हजार ९१५ जना नेपाली विदेशिए

सिंहदरबार संवाददाता
२०८० माघ २८, आईतवार १७:१६
NIMB
Nabil Bank

नेपालबाट पछिल्लो १ वर्षमा ७० हजार ९१५ जना नेपाली विदेशमा स्थायी बसोवासको लागि गएका छन् । आइतबार राज्य व्यवस्था तथा सुशासन समितिले अध्यागमनको विषयमा गरेको छलफलमा अध्यागमन विभागले यस्तो जानकारी दिएको हो ।

विभागले सन् २०२३ मा नेपालबाट स्थायी बसोवास गर्नको लागि विदेश जाने नेपालीको संख्या ७० हजार ९१५ जना रहेको जानकारी दिएका छ । समिति बैठकमा बोल्दै अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङले सन् २०२३ मा १६ लाख ३ हजार ८३८ जना नेपाली नागरिक विदेशी जाँदा १२ लाख ६३ हजार ४६९ भित्रिएको बताए । उनले पछिल्लो १ वर्षमा विदेश गएकामध्ये ३ लाख ४० हजार ३६९ जना नेपाली विदेशमा नै बसेको बताएका हुन् । उनले यस अवधिमा अध्ययनको लागि १ लाख ८ हजार ५४२ जना,अस्थायी बसोवास भिसामा ९२ हजार ३४९, स्थायी बसोवास भिसामा ७० हजार ९१५ जना र विवाह गरेर डिपेन्डेण्ट भिसामा २० हजार ६१३ जना नेपाली विदेश गएको बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

उनले यसरी पछिल्लो १ वर्षमा २ लाख ९२ हजार २४० नेपाली कुनै न कुनै रुपमा विदेश बस्नेगरी गएको दाबी गरे । महानिर्देशक तामाङले २ लाख ९२ हजार २४० तथ्याङ्कमा भारतको भूमि भएर तेस्रो देशमा गएका नागरिकहरुको संख्या समावेश नभएको त्रबताए । उनले सन् २०२३ मा ८ लाख ८ हजार ४१५ नेपाली नागरिक श्रमिकको रुपमा विभिन्न देश गएको बताएका हुन् । उनले नेपालबाट विदेशमा बसेका छोरा छोरीकोमा नातासम्बन्ध भिसामा १ लाख ६७ हजार ४८५ जना नेपाली विदेशमा रहेको बताए । उनले भ्रमण तथा धार्मिक प्रयोजनको लागि १ लाख ४ हजार ५१५ नागरिक नेपालबाट विदेश गएको तथ्याङ्क विभागसँग रहेको बताए । उनले अध्यागमन कार्यविधि २०६५ मा नेपाली नागरिकलाई विदेश प्रस्थान सम्बन्धी भएको सरल व्यवस्थालाई २०७८ फगुन २६ मा नेपाल सरकार सचिवस्तर निर्णयबाट जटिल बनाइएको बताए । उनले अध्यागमन विधेयकलाई वर्तमान समय सापेक्ष बनाउन नियमावली संशोधन गर्नुपर्ने आवश्यक रहेको बताए ।

नेपालमा विद्यमान भिसालाई परिवर्तन र थप गरी सरलीकृत गर्न आवश्यक देखिएको उल्लेख गरे । उनले अहिले १० लाख पर्यटक भित्रिए भने पनि अध्यागमन विभागको तथ्याङ्क हेर्दा १० लाख पर्यटक नेपालमा नभित्रिएको दाबी गरे । उनले अध्ययन भिषा, कामदार भिसाा,रिटायरमेण्ट भिसा,मेडिकल, भिसा,धार्मिक भिसा,खेलकुद भिसा लगायत अन्य प्रकारका भिषाहरु थप्नु पर्ने अवस्था रहेको बताए । उनले १७ बँुदे निर्देशनको कारण सन् २०२३ मा ६ हजार १३२ जना नेपाली नागरिक विमानस्थलबाट फर्काईएको बताए ।

रुद्रसिंह तामाङले सन् २०२३ मा विभिन्न कारणबाट ४५९ विदेशी नागरिकलाई नेपालबाट निस्काषन गरिएको बताए । उनले सन् २०१७ मा ५ सय ५९ जना, २०१८ मा ६ सय ७८ जान, २०१९ मा ६ सय ७१ जना ,२०२० मा ३ सय ३२ जना ,२०२१ ३ सय ८ जना र २०२२ मा ५ सय ७० जना विदेशी नागरिकलाई विभिन्न कारणबाट नेपालबाट निस्काषन गरिएको बताए । उनले गैरआवसीय नेपाली नागरिकता लिएका नेपाली मुलका विदेशीहरुको भिसा शुल्क सम्बन्धमा स्पष्ट नभएकाले समस्या आएको बताए । —न्युज एजेन्सी नेपाल

 

GBIME

प्रतिक्रिया दिनुहोस्