Shikhar Insurance

अर्थ र राष्ट्र बैंकको अर्ध बार्षिक समिक्षा एकै दिन, ‘कुरा मिल्यो की समय मात्रै ?’

सिंहदरबार संवाददाता
२०८० माघ २९, सोमबार १०:०६
NIMB
Nabil Bank

काठमाडौं । अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षको बजेट र मौद्रिक नीतिको अर्धबार्षिक समिक्षा एकै दिन पारेका छन् । मन्त्रालयले सोमबा र दिउँसो ३ः३० बजेका लागि बजेटको अर्ध बार्षिक मूल्यांकन प्रतिवेदन सार्वजनिक गर्दैछ । उता, नेपाल राष्ट्र बैंकले पनि मौद्रिक नीतिको अर्ध बार्षिक समिक्षाका लागि साँझ साढे ५ बजेका लागि सञ्चालक समिति बैठक डाकेको छ ।

‘आर्थिक वर्ष २०८०।८१ को बजेटको अर्ध वार्षिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गर्ने कार्यक्रम आज दिउँसो ३ः३० बजे अर्थ मन्त्रालय सुवर्ण हलमा राखिएको’ अर्थमन्त्रालयले सञ्चार माध्यमहरुलाई निम्तो गर्दै खबर पठाएको छ ।

Citizen Life
Kumar Bank

उता, नेपाल राष्ट्र बैंक स्रोतले पनि साढे पाँच बजेका लागि सञ्चालक समिति बैठक डाकिएको र त्यस लगत्तै मौद्रिक नीतिको अर्ध बार्षिक समिक्षा सार्वजनिक हुने बताएको छ ।
लामो समयदेखि एक अर्काको प्रतिष्पर्धी जस्दै देखिएको अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंक नेतृत्वले एकै दिन अर्ध बार्षिक समिक्षाको साइत जुराएर लगानी सम्मेलन अघि सकारात्मक सन्देश दिन खोजेको स्रोत बताउँछ ।

‘कुरा मिलेको हो की समय मात्रै मिलेको हो ? ठ्याक्कै भन्न सकिन्न तर अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले अर्ध बार्षिक समिक्षा एकै दिन तय गर्नाले राम्रो सन्देश भने पक्कै पनि जानेछ’, स्रोतले भन्यो ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्