Shikhar Insurance

१६ बाणिज्य बैंकले घटाए निक्षेपको ब्याजदर, चार वटाको पुरानै दर

सिंहदरबार संवाददाता
२०८० माघ २९, सोमबार १०:३१
NIMB
Nabil Bank

काठमाडौं । फागुन महिनाका लागि १६ वटा बाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर घटाएका छन् । बाणिज्य बैंकहरुले सार्वजनिक गरेको फागुन महिनाको ब्याजदर सूचना अनुसार बाणिज्य बैंकहरुको व्यक्तिगत मुद्धति निक्षेपको ब्याजदर औषतमा ०.४१ प्रतिशत बिन्दुले घटेको छ ।

नेपाल राष्ट्र बैंकले हरेक महिनाको मसान्तभित्र आगामी महिनाको नयाँ ब्याजदर प्रकाशित गर्नुपर्ने नियम बनाएको छ । जसमा बैंकहरुले अघिल्लो महिनाको ब्याजदरको तुलनामा १० प्रतिशतले ब्याजदर घटाउन वा बढाउन सक्नेछन् । त्यस्तो नयाँ ब्याजदर हरेक महिनाको १ गतेबाट अनिवार्य लागु गर्नुपर्नेछ । चालु आर्थिक बर्षको साउनदेखि बैंकहरुले ब्याजदर सम्बन्धी भद्र सहमति खारेज गर्दै आवश्यकता अनुसार ब्याजदर तोक्न थालेपछि राष्ट्र बैंकले १० प्रतिशतको क्याप लगाईदिएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

माघ महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ब्याजदर ९.१५ प्रतिशतसम्म थियो । फागुनमा भने त्यस्तो ब्याजदर ८.५० प्रतिशतमा झरेको छ ।

यसपाली माछापुच्छ्रे, एभरेष्ट, लक्ष्मी सनराइज र हिमालयन बैंकले माघ महिनाकै ब्याजदरलाई यथावत राखेका छन् । बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जा प्रवाह न्यून भएसँगै बैंकहरुले ब्याजदर घटाउँदै लगेका छन् ।

व्यवस्था छ । अब संस्थागत निक्षेपकर्ताले ६.५० प्रतिशतभन्दा धेरै ब्याजदर पाउने छैनन् । व्यक्तिगत मुद्दतीमा दिएको अधिकतम ब्याजदरको २ प्रतिशत विन्दुभन्दा कम मात्रै संस्थागत ब्याजदर दिन सक्ने व्यवस्था छ ।

नेपाल बैंकर्स संघका अध्यक्ष तथा एनएमबि बैंकका सीईओ सुनिल केसीले पनि फागुन महिनाका लागि निक्षेपको ब्याजदर घटेको बताए । ‘निक्षेपको सप्लाई बढी छ, बजारमा ऋणको माग कम छ, त्यसकारण पनि अहिले ब्याजदर घटेको हो’, नेपाल बैंकर्स संघका अध्यक्ष केसीले सिंहदरबारसँग भने ।

हाल बैंक तथा वित्तिय संस्थाहरुको कुल निक्षेप ६१ खर्ब ४८ अर्ब पुगेको छ । जसमा बाणिज्य बैंकहरुको निक्षेप ५४ खर्ब ५२ अर्ब रुपैयाँ कायम छ । कुल कर्जा लगानी ५० खर्ब ८७ अर्ब रुपैयाँ पुगेको छ भने बाणिज्य बैंकहरुले मात्रै ४५ खर्ब एक अर्ब रुपैयाँ ऋण प्रवाह गरेका छन् । सीडी रेसियो ८०।३५ प्रतिशत कायम छ भने अन्तर बैंक ब्याजदर २।९९ प्रतिशतमा झरिसकेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक बर्षको ६ महिनामा रेमिटेन्स २५.३ प्रतिशतले बढेर ७ खर्ब ३३ अर्ब २२ करोड भित्रिएको छ । कुल विदेशी विनिमय सञ्चिति १८ प्रतिशतले वृद्धि भई २०८० पुस मसान्तमा १८ खर्ब १६ अर्ब ५७ करोड कायम छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्