Shikhar Insurance

मोरङ अटो वर्क्स–जेसीबिलाई ‘वेस्ट साउथ एसिया रिजन डिलर्स अवार्ड २०२३’

सिंहदरबार संवाददाता
२०८० माघ २९, सोमबार १२:२३
NIMB
Nabil Bank

काठमाडौं । मोरङ अटो वर्क्स वेस्ट साउथ एसिया रिजन डिलर्स अवार्ड २०२३ बाट सम्मानित भएको छ । पोर्चुगलको लिसबनमा आयोजित जेसीबी वार्षिक डिलर कन्फ्रेन्स २०२४ कार्यक्रममा मोरङ अटो वर्क्स जेसीबीलाई सो अवार्ड प्रदान गरिएकाे हो ।

कार्यक्रममा जेसीबि यूकेका ग्रुप सीईओ ग्रेमी म्याकडोनाल्ड, जेसीबि ईन्डियाका सीईओ तथा प्रबन्ध निर्देशक दीपक शेट्टीले मोरङ अटो वर्क्सका अध्यक्ष विष्णु कुमार अग्रवाल, कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत गोपाल कुमार अग्रवाललाई उक्त अवार्ड प्रदान गरेका हुन् ।

Citizen Life
Kumar Bank

अवार्ड प्राप्त गरेपछि आभार प्रकट गर्दै अग्रवालले भने, ‘यस प्रकारको अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गर्न सफल भएकोमा हामी अत्यन्तै गौरवान्वित छौँ। मोरङ अटो वर्क्स–जेसीबिलाई यस स्थानसम्म ल्याईपुर्याउन सहयोग गर्नुहुने यहाँहरू सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्दछौँ ।’

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्