Shikhar Insurance

शिखर इन्स्योरेन्सको नाफा १९.१७ प्रतिशतले बढ्यो, अधिकांश सूचांकमा छलाङ

सिंहदरबार संवाददाता
२०८० माघ २९, सोमबार १५:०१
NIMB
Nabil Bank

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधीमा आफ्ना अधिकांश सूचकहरु सुधार गरेको छ । कम्पनीले सार्वजनिक गरेको दोश्रो त्रैमासिकको अपरिस्कृत वित्तिय विवरण अनुसार खुद नाफा १९.१७ प्रतिशतले बढेर २५ करोड ११ लाख १२ हजार रुपैयाँ पुगेको छ । चालु आवको ६ महिने अवधीमा कम्पनीले आफ्नो नाफा ४ करोड ४ लाख २ हजार ५ सय ३२ रुपैयाँले नाफा बढाउन सफल भएको देखिन्छ । गत वर्षको सोही अवधिमा कम्पनीको २१ करोड ७ लाख बढी नाफा गरेको थियो ।

सो अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन ८.०३ प्रतिशत वृद्धि भई ५५ करोड १४ लाख १२ हजार रुपैयाँ कायम भएको छ । गत आवको सोही अवधिमा कम्पनीको खुद बीमा शुल्क ५१ करोड ४ लाख रुपैयाँ रहेको थियो । साे अवधिमा कम्पनीकाे कुल बीमा शुल्क   १ अबर् ९४ कराेड रहेकाे थियाे ।

Citizen Life
Kumar Bank

चालु आवको ६ महिनामा कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी पनि २० करोड २७ लाख ५० हजार रुपैयाँ रहेको छ भने गत आवको सोही अवधिमा कम्पनीको कर्जा २० करोड ४२ लाख रहेको थियो ।

साथै,कमिसन आम्दानी ३३ करोड १२ लाख रुपैयाँ रहेको छ । दोस्रो त्रैमासिक अवधिमा कम्पनीको कुल आम्दानी १ अर्ब ९ करोड ७२ लाख रुपैयाँ रहेको छ । पुस मसान्तसम्मा कम्पनीको कुल खर्च ७३ करोड ९० लाख रुपैयाँ रहेको छ ।

सोहि अवधिमा कम्पनीले ८९ करोड २८ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ६५ करोड ४९ लाख रुपैयाँ रहेको छ । कम्पनीको रिटेन्ड अर्निङ ३१ करोड ४९ लाख र अन्य इक्विटी ५२ करोड ७६ लाख ७१ हजार रुपैयाँ रहेको छ ।

हाल कम्पनीको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ९२ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १९९ रुपैयाँ १५ पैसा कायम भएको छ ।

 

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्