Shikhar Insurance

सरकारले शान्ति प्रक्रियाको बाँकी काम छिटो टुंग्याओस् : सांसद गैरे

सिंहदरबार संवाददाता
२०८० माघ २९, सोमबार १४:१३
NIMB
Nabil Bank

काठमाडैं । नेकपा (एकीकृत समाजवादी) की राष्ट्रिय सभा सदस्य राजेन्द्रलक्ष्मी गैरे सरकारले शान्ति प्रक्रियाको बाँकी काम छिटो टुंग्याउनुपर्ने बताएका छन् । सोमबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् ।

उनले सरकारले शान्ति प्रक्रियाका बाँकी काम छिटो भन्दा छिटो टुंग्याएर समाजमा शान्ति स्थपना गर्नुपर्ने बताइन् । उनले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन ढिलाइ भइरहेको बताइन् । उनले इमान्दार भएर शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउनसके समाजमा शान्ति स्थपना हुने बताइन् ।

Citizen Life
Kumar Bank

उनले भनिन्, ‘हामी कति गम्भीर छाैंँ, हाम्रो जिम्मेवारीप्रति भन्ने पनि सोच्नुपर्ने हुन्छ होला । यसै सन्दर्भमा पहिला हाम्रो ०६३/०६४ को कुरा जति बेला सात राजनीतिक दलहरुले १२ बुँदे सहमति गरेर शान्ति प्रक्रिया टुंग्याउने काम गरे ।  हाम्रो बीचमा गिरिजाप्रसाद कोईराला बाहेक त्यतिबेलाका सबै नेताहरु अहिले पनि हुनुहुन्छ । त्यो भन्दा अघिको कहालीलाग्दो सम्झना गर्ने हो भने अहिले पनि हाम्रा शरीरमा काँडा उम्रिन्छ । हाम्रा सेना र बिद्रोही पक्षको बचिमा पहाडी क्षेत्रमा रही रहने जनता एकदिन सेना आउने, अर्को दिन माओवादी आउने । हाम्रा घरमा माओवादीले बन्दुक राख्ने, सेनाले भेट्टाउने । सेनाले लिएरु जाने,उनकाे भनाइ रहेकाे छ ।

आज त्यो अवस्थाबाट यहाँसम्म आउँदा धेरै कुराहरु अघि बढेका छन्, टुंगिएका छन् । कोही सेनामा छन्, कोही घर फर्किएका छन् । केही नपाउनेहरुलाई सत्य निरुपण तथा मेलमिलाप आयोगले टुंग्याउने भनिएको थियो, त्यो काम हामीले अहिलेसम्म गर्न सकेनौँ । जसले गर्दा न्याय हरायो, न्यायको अनुभुति भएन भनेर मानिसहरु आवाज उठाइरहेका छन् । यो काम हामीले छिटो भन्दा छिटो गर्नुपर्छ । गर्छु भनेको काम टुंग्याउनुपर्छ । हामी इमान्दार भएर टुंग्याउनुपर्छ । यो काम टुंग्याउन ढिलाइ भएको छ । शान्ति प्रक्रियाको बाँकी काम छिटो भन्दा छिटो सरकारले ल्याउनुपर्छ । समाजमा न्यायको स्थापना गर्नुपर्छ ।’ उनले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन नसक्दा नागरिकहरुले न्यायको अनुभुति गर्न नसकेको बताइन् । —न्युज एजेन्सी नेपाल

 

 

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्