Shikhar Insurance

जबर्जस्ती करणी मुद्दाका एक अभियुक्तलाई १८ वर्ष कैद सजाय

सिंहदरबार संवाददाता
२०८० माघ २९, सोमबार १४:२३
NIMB
Nabil Bank

दमौली । तनहुँ जिल्ला अदालतले जबर्जस्ती करणी मुद्दामा एक अभियुक्तलाई १८ वर्ष कैद फैसला सुनाएको छ । जिल्ला न्यायाधीश कमलराज विष्टको आइतबारको इजलासले प्रतिवादी म्याग्दे गाउँपालिका–७ का विशाल विकलाई १८ वर्ष कैद फैसला सुनाएको हो ।

निजविरुद्ध १ लाख जरिवानाको फैसला भएको अदालतका रिस्तेदार केशवप्रसाद पौडेलले जानकारी दिए । परिवर्तित नाम २०७८/७९ चबहादुरले निजविरुद्ध जाहेरी दिएका थिए । प्रहरीले प्रतिवादीविरुद्ध विसं २०७८ असोज १२ गते अदालतमा जबर्जस्ती करणीमा मुद्दा दर्ता गरेको थियो । उक्त मुद्दामा अदालतमा १२ पटक पेसी तोकिएको थियो ।

Citizen Life
Kumar Bank

यही माघ २१ गते न्यायाधीश विष्टकै इजलासले उक्त मुद्दामा आदेश सुनाउँदै सजाय निर्धारणका लागि पेस गर्न भनिएको थियो । सोहीबमोजिम आइतबार निजविरुद्ध कैद फैसला भएको अदालतले जनाएको छ ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्