Shikhar Insurance

भ्यालेन्टाइन डेको अवसरमा बेलुन नेपालले ल्यायो विशेष अफर, १४ प्रतिशत छुट

सिंहदरबार संवाददाता
२०८० माघ २९, सोमबार १४:५९
NIMB
Nabil Bank

काठमाडौं । बेलुन नेपालले भ्यालेन्टाइन डे (प्रणय दिवस) को अवसरमा हट एयर बेलुन उड्न पाइने अफर ल्याएको छ । बेलुन नेपालले १४ प्रतिशत छुटमा हट एयर बेलुन उड्न पाईने अफर ल्याएको हो ।

आधा घन्टा उडानको नेपाली पर्यटकले ९५०० सय रुपैयाँ प्रतिव्यक्ति तिर्नुपर्छ । जसमा १४ प्रतिशत छुट पाउँदा ८१७० रुपैयाँमा हट एयर बेलुन उड्न सकिने बेलुन नेपाल कम्पनीका अध्यक्ष बिक्रम बाडेले जानकारी दिए । छुट प्राप्त गर्न २ जनाको लागि बुकिङ गर्नु पर्नेछ । तातो हावाले भरिएको बेलुनमा बसेर हावामा कावा खाँदै मनोरम दृश्यावलोकन गर्न सकिने बाडेले जनाएको छ ।

Citizen Life
Kumar Bank

जमिनको सतहबाट ९ हजार फिटसम्म उड्न सकिने यस बेलुनबाट पोखरा शहर, फेवाताल, पुम्दीकोट र सराङकोटसँगै फराकिलो हिमश्रृङ्खला हेर्न सकिन्छ । यस्तै फिसटेल, अन्नपूर्ण तथा धौलागिरि हिमश्रृङ्खलाहरू तथा विभिन्न तालहरूको समेत दृश्यावलोकन गर्न सकिन्छ । २१ मिटर अग्लो बेलुनको तल्लो भागमा ३२ वर्ग मिटरको बास्केट जडित छ । बास्केटमा आठ जनाले एकैपटक यात्रा गर्न सक्दछन् ।

बेलुन उडानमा के ख्याल गर्ने ?
सूर्योदय मन पर्नेले बिहानको उडान रोज्न सक्छन् भने सूर्यास्त मन पराउनेले साँझको । दिउँसोको समयमा हावाको गति बढी हुने भएकाले बिहान र साँझतिरको समयमा हट एयर बेलुनका लागि उपयुक्त मानिन्छ ।

अध्यक्ष बाडेले भने, ‘उचाइको उडान हुने भएकोले पन्जा र टोपीसहित न्यानो कपडा लगाउनु राम्रो हुन्छ । हिल भएको जुत्ता चप्पल भन्दा स्पोर्ट्स जुत्ता लगाउनु उत्तम हुन्छ । टाढा देखिएका दृश्य नजिकै हेर्न मन लागे दूरबिन लैजान सकिन्छ ।’

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्