Shikhar Insurance

आज ५ कम्पनीको सेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए?

सिंहदरबार संवाददाता
२०८० माघ २९, सोमबार १५:१६
NIMB
Nabil Bank

काठमाडौं । साताको दोस्रो दिन (सोमबार) नेप्से दोहोरो अंकले बढेको छ । नेप्से परिसुचक १५.३३ अंकले बढेर २१०१.१६ बिन्दुमा बन्द भएको हो ।

आज सोमबार ३१४ कम्पनीको १ करोड १० लाख ८ हजार १ सय २२ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ५८ करोड ६९ लाख ८४ हजार १ सय २८ रुपैयाँ कारोबार भएको छ ।

Citizen Life
Kumar Bank

आज ५ कम्पनीमा सकारात्मक सर्किट लागेको छ । बोटलर्स नेपाल (बालाजु) लिमिटेडको १० प्रतिशत, समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको १० प्रतिशत, कुथेली बुखरी स्मल हाईड्रोपावर ९.९९ प्रतिशत र चिरख्वा हाईड्रोपावरको ९.९९ प्रतिशतले सर्किट लागेको हो ।

साथै, बलेफि हाईड्रोपावरको ९.९८ प्रतिशत, जोशि हाईड्रोपावर कम्पनीको ९.२९प्रतिशत सहित २३० कम्पनीको सेयर बढेको छ ।

 

 

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्