Shikhar Insurance

भ्यालेन्टाइन डेको अवसरमा बाराही हस्पिटालिटीका रेष्टुरेन्टहरूमा विशेष अफर

सिंहदरबार संवाददाता
२०८० माघ २९, सोमबार १५:४३
NIMB
Nabil Bank

काठमाडौं । बाराही हस्पिटालिटीले भ्यालेनटाइन डेको अवसरमा विभिन्न छुटहरुको घोषणा गरेको छ । हस्पिटालिटीले भ्यालेनटाइन डेको अवसरमा विभिन्न होटल तथा रेष्टुरेन्टमा छुट तथा अफरहरू घोषणा गरेको हो ।

बाराही काठमाडौं होटलले भ्यालेन्टाइन डेका दिन आफ्ना प्रिमियम ग्राहकलाई ६ थरी खानाका साथै वेभरेज दिने जनाएको छ । स्ट्याण्डर्ड ग्राहकका लागि इन्टरनेसनल बफेट, स्पार्कलिन रोज सहितको मज्जा जोडीले ७ हजार रुपैयाँमै लिन पाउनेछन् । साथै होटलमा बुक गर्नेहरूमध्ये केहीलाई गिफ्ट ह्याम्पर समेत दिइने होटलले बताइएको छ । बेभरेजमा १५ प्रतिशत छुट रहेको बाराही जंगल लजले जनाएको छ । भ्यालेन्टाइन डेमा जोडी सहित सौराहा जाने पाहुनालाई लजले ‘टेस्ट अफ लभ’ कार्यक्रम अन्तर्गत रोमान्टिक क्याण्डललाइट डिनर, कल्चरल डान्स, लाइभ म्युजिकल पफर्मेन्स, अन्लिमिटेड स्न्याक्स लगायतको व्यवस्था गरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

पोखरामा रहेको हस्पिटालिटी अन्तर्गतको होटल बाराही पोखराले भ्यालेन्टाइन डेको अवसरमा क्यान्डल लाइट डिनरको प्याकेज सार्वजनिक गरेको छ । विशेष दिनमा आफ्नो विशेष मान्छेसँग पोखरामा लालटिनमा बलेको बत्तीसँगैको रोमान्टिक डिनरका लागि होटलले प्रति जोडी ७ हजार रुपैयाँमै व्यवस्था गर्नेछ । जसमा ६ विभिन्न परिकार तथा मायाका भाव अंकित केकको समेत व्यवस्था हुनेछ ।

यस्तै सारङकोट माउन्टेन लजले भ्यालेन्टाइन डेको दिन ‘रोमान्टिक डिनर’ मा रमाउने व्यवस्था गरेको छ । विभिन्न प्रकारका भ्यालेन्टाइन्स मेनुसहित होटलले यस्तो अफर सार्वजनिक गरेको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्