Shikhar Insurance

बजेट अभावमा तनहुँका चार सिँचाइ योजना अलपत्र

सिंहदरबार संवाददाता
२०८० माघ २९, सोमबार १६:०१
NIMB
Nabil Bank

तनहुँ । बजेट विनियोजन कार्यले निरन्तरता नपाउँदा जिल्लाका चार सिँचाइ योजना अलपत्र बनेको छ । योजना निर्माणका लागि बजेट विनियोजन नहुँदा योजना अलपत्र परेको हो । व्यास नगरपालिका–५ को साँघे पतेनी सिँचाइ योजना, बन्दीपुर गाउँपालिका–३ कोलपाटा लिफ्ट सिँचाइ योजना, ऋषिङ गाउँपालिका–५ को अठारबिसे र व्यास–५ को याम्दी खोला चापटार लिफ्ट योजना रहेका छन् ।

गत वर्ष बजेट विनियोजन भए पनि यस वर्ष बजेट विनियोजन नहुँदा निर्माण कार्य प्रभावित भएको सिँचाइ विकास डिभिजन कार्यालयका इञ्जिनियर एवं सूचना अधिकारी जगन्नाथ चापागाईंले जानकारी दिए । ५८ लाख निर्माण कम्पनीलाई भुक्तानी गर्न बाँकी रहेको उनले बताए । बजेटका कारण निर्माणधीन योजनाको कार्य अघि बढाउन नसक्दा सिँचाइ कार्य प्रभावित बनेको छ । उनले भने,“भौगोलिक विकटताका कारण अधिकांश स्थानमा पानीको स्रोत नहुँदा सिँचाइ योजना महँगो हुने गरेको छ । अधिकांश पाखोबारी बाँझो रहेकाले सिँचाइको पहुँच पु¥याइ स्थानीयको जीवनस्तरमाथि उकास्ने लक्ष्य रहेको छ ।”

Citizen Life
Kumar Bank

विशेषगरी मुख्य योजनाका रुपमा दुई योजना रहेका छन् । व्यास–१० को नारेश्वर ताल जलाशय योजनाका लागि १ करोड ९४ लाखमा ठेक्का लागेको छ । त्यसैगरी शुक्लागण्डकी नगरपालिका–९ मा बस्ती संरक्षणका लागि १ करोड ८९ लाख बजेट विनियोजन गरिएको छ । गण्डकी प्रदेश सरकार र सङ्घीय सरकारबाट विनियोजित बजेटबाट गत वर्ष एक सय ४३ योजनामध्ये ८६ योजना निर्माण सम्पन्न भएका छन् । स्रोत सुनिश्चितता भई ठेक्का प्रक्रियाबाट काम भइरहेको योजनाका लागि कम बजेट विनियोजन हुँदा निर्माण कार्य प्रभावित हुने गरेको सूचना अधिकारी चापागाईंले जानकारी दिए ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्