Shikhar Insurance

डलर देखाइ ९ लाख ठगी गर्ने व्यक्ति पक्राउ

सिंहदरबार संवाददाता
२०८० माघ २९, सोमबार १६:१८
NIMB
Nabil Bank

काठमाडौं । डलर देखाइ ९ लाख ठगी गरी फरार रहेका व्यक्ति पक्राउ परेको छ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–४ घर भई हाल बूढानीलकण्ठ नगरपालिका–५ टुसाल बस्ने २६ वर्षीय दिलकुमार लामालाई प्रहरीले पक्राउ गरेको हो ।

तेह्रथुमको म्याङ्लुङ नगरपालिका–९ घर भई हाल काठमाडौं टेकु बस्ने ३२ वर्षीय गिरिराज लिम्बूलाई डलर देखाइ ठगी गरी फरार रहेका लामालाई आइतबार पक्राउ गरी सार्वजनिक गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।

Citizen Life
Kumar Bank

लिम्बूलाई ४० हजार डलर साट्ने प्रलोभनमा पारी गत कात्तिक २३ गते भक्तपुरको चाँगुनारायण नगरपालिका–७ मुहानेपोखरी बोलाइ रुमालको पोको दिइ ९ लाख लगी गएकामा रुमाल खोली हेर्दा उक्त रुमालमा कागज रहेको हुँदा ठगी भएको भनी पीडितले निवेदन दिएको प्रहरीले जनाएको छ ।

 

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्