Shikhar Insurance

१२.६१ प्रतिशतले घट्यो बजेटको आकार, अर्थमन्त्री भन्छन्-‘सब ठीक ठाक छ’

सिंहदरबार संवाददाता
२०८० माघ २९, सोमबार १७:५२
NIMB
Nabil Bank

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु आर्थिक बर्षको बजेटको आकार घटाएका छन् । बजेटको अर्ध बार्षिक समिक्षा मार्फत मन्त्री डा. महटले बजेटको आधार २ खर्ब २१ अर्ब ४ करोड ५९ लाख रुपैयाँ बनाएका हुन् । सरकारले चालु आर्थिक बर्षका लागि १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लख रुपैयाँको बजेट विनियोजन गरेको थियो ।

तर अर्ध बार्षिक समिक्षा मार्फत सरकारले बजेटको आकार १२.६२ प्रतिशतले घटाएको हो । अब चालु आवको बजेटमा चालु खर्च तर्फ १० खर्ब ७ अर्ब ४५ करोड ४६ लाख रुपैयाँ छुट्याईएको छ जुन पुरानो बिनियोजनको ८८.२४ प्रतिशत मात्रै हो । सरकारले अब पुँजीगत तर्फ २ खर्ब ५४ अर्ब १३ करोड १९ लाख रुपैयाँ बजेट छुट्याएको छ, जुन अघिल्लो विनियोजनको ८४.१४ प्रतिशत हो । त्यस्तै, वित्तिय व्यवस्थापनका लागि २ खर्ब ६८ अर्ब ६७ करोड ९७ लाख रुपैयाँ छुट्याईएको छ । यो रकम जेठ १५ गते विनियोजन गरिएको रकमको ८७.३९ प्रतिशत हो ।

Citizen Life
Kumar Bank
Nepal Life

सरकारले राजश्व संकलनको लक्ष्य भने घटाएको छ । सरकारले चालु आवमा १३ खर्ब ९ अर्ब ३० करोड ८६ लाख रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य तय गरेको छ । त्यस्तै, वैदेशिक अनुदान ४० अर्ब १२ करोड ९ लाख र वैदेशिक ऋण तर्फ एक खर्ब ८० अर्ब ८३ करोड ६७ लाख प्राप्त हुने संसोधित अनुमान पेश गरेको छ ।

पुस मसान्तसम्ममा ५ खर्ब ७३ अर्ब ६३ करोड २९ लाख रुपैयाँ बजेट खर्च भएको छ, जुन कुल विनियोजनको ३२.७५ प्रतिशत मात्रै हो । ६ महिनामा राजश्व संकलनको लक्ष्यको ७७.१४ प्रतिशत मात्रै प्राप्त भएको देखिन्छ । सरकारले पुस मसान्तसम्ममा ६ खर्ब ६८ अर्ब १६ करोड ८९ लाख रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य राखेको थियो तर जम्मा ५ खर्ब १५ अर्ब ३९ करोड ७६ लाख रुपैयाँ मात्रै राजश्व संकलन भएको देखिन्छ ।

सरकारले चालु आर्थिक बर्षमा २ खर्ब ४० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भनेकोमा ६ महिनामै एक खर्ब २८ अर्ब ३१ करोड रुपैयाँ उठाईसकेको छ । मन्त्री डा. महतको बजेट वक्तव्यमा चालु आवमा २ खर्ब ६२ अर्ब ६९ करोड २१ लख रुपैयाँ वैदेशिक सहायता परिचालन गर्ने राखिएको थियो । जसमध्ये जम्मा ५९ अर्ब ९७ करोड ८६ लाख रुपैयाँ मात्रै प्राप्त भएको छ ।

बजेटको अर्ध बार्षिक समिक्षा पेश गर्दै अर्थमन्त्री डा. महतले भने अर्थतन्त्र क्रमशः सुधार हुँदै गएको र त्यसमा आफ्नो अथक मेहनतले काम गरेको दावी गरे ।

GBIME

प्रतिक्रिया दिनुहोस्