Shikhar Insurance

आइएमई लाइफको नाफा ९६.१३ प्रतिशतले बढ्यो, कुल बीमा शुल्क २ अर्ब माथि

सिंहदरबार संवाददाता
२०८० माघ २९, सोमबार १७:१६
NIMB
Nabil Bank

काठामाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधीमा आफ्ना अधिकांश सूचकहरु उल्लेख्य सुधार गरेको छ । कम्पनीले सार्वजनिक गरेको दोश्रो त्रैमासिकको अपरिस्कृत वित्तिय विवरण अनुसार खुद नाफा ९६.१३ प्रतिशतले बढेर २३ करोड ४७ लाख २५ हजार ३५२ रुपैयाँ पुगेको छ । चालु आवको ६ महिने अवधीमा कम्पनीले आफ्नो नाफा ११ करोड ५० लाख ४९ हजार ५७ रुपैयाँ रहेको थियो । गत आवको सोहि अवधिमा कम्पनीको खुद नाफा ११ करोड ९६ लाख ७५ हजार ३ सय ५२ रहेको थियो । कम्पनीको यो नाफा बीमांकीय मूल्यांकन अघिको हो ।

कम्पनीप्को कुल बीमा शुल्क २ अर्ब १० करोड रहेको छ , जुन गत आवको सोहि अवधीमा प्रप्त कुल बीमाशुल्क १ अर्ब ७७ करोड रहेको थियो । सोहि अवधीमा कम्पनीको नविकरण बीमा शुल्क ६ अर्ब ५७ करोड ६७ लाख ४९ हजार १४ रुपैयाँ रहेको छ भने गत आवको सोहि अवधीमा कम्पनीको ६ अर्ब ५ करोड ७२ लाख २८ हजार ५ सय ७२ रुपैयाँ रहेको थियो ।

Citizen Life
Kumar Bank

सोहि अवधीमा कम्पनीको प्रथम बीमा शुल्क १ अर्ब ९९ करोड ११ लाख ३० हजार ६ सय ६५ रुपैयाँ रहेको छ । गत आवको सोहि अवधीमा कम्पनीको प्रथम बीमा शुल्क १ अर्ब ६२ करोड ९९ लाख ६३ हजार ४ सय ६८ रुपैयाँ रहेको थियो ।

चालु आवको ६ सहिनामा कम्पनीको चुक्ता पुँजी ४ अर्ब रुपैयाँ पुगेको छ । सोहि अवधिमा कम्पनीले सेयर प्रिमियममा १ अर्ब ५३ करोड ५ लाख सञ्चित गरेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ९इपिएस० ११ रुपैयाँ ७४ पैसा रहेको छ भने सोहि अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ १७७ रुपैयाँ २७ पैसा कायम भएको छ ।

 

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्