Shikhar Insurance

ग्लोबल बैंकले ल्यायो घर कर्जा योजना, ९.९९ प्रतिशतमा ऋण लिएर किन्नुहोस् घर

सिंहदरबार संवाददाता
२०८० माघ २९, सोमबार १७:५२
NIMB
Nabil Bank

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले सस्तो तथा सरल किस्ताबन्दीमा ‘घर कर्जा’ योजना सार्वजनिक गरेको छ । बैंकले ९.९९ प्रतिशत स्थिर ब्याजदरमा अधिकतम् १२ करोड रुपैयाँसम्म कर्जा उपलब्ध हुने निश्चिन्त आवास योजना (घर कर्जा) सार्वजनिक गरेको हो ।

साथै, उक्त घर कर्जा योजना अन्तर्गत अन्य बैंक वित्तीय संस्थाबाट कर्जा उपभोग गरिरहेका व्यक्तिहरुले सहज रुपमा कर्जा सार्नसमेत सक्ने बैंकले जनाएको छ । यस विशेष घर कर्जा योजना अन्तर्गत सेवाग्राहीले १० वर्षसम्मको अवधिका लागि ९.९९ प्रतिशत व्याजदरमा, १० देखि १५ वर्षसम्मको लागि १०.४९ प्रतिशत र १५ वर्षभन्दा बढि अवधिका लागि १०.९९ प्रतिशतको स्थिर ब्याजदरमा १२ करोड रुपैयाँसम्म घर कर्जा लिन पाउनेछन् ।

Citizen Life
Kumar Bank
Nepal Life

बैंकले ग्राहकलाई छिटो, छरितो एवंम सहज रुपमा कर्जा प्रवाह गर्ने उद्देश्यमा निहित रहीे आवश्यक कागजातहरु पेश गरेको २ कार्य दिन भित्र कर्जा प्रवाह गर्नेछ । यो योजना सिमित अवधिका लागि रहने बैंकले जानकारी दिएको छ । बैंकले ३५६ शाखा कार्यालय, ३७८ एटिएम, २७४ शाखा रहित बैंकिङ्ग सेवा, ६५ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट ४५ लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्