Shikhar Insurance

खेलाडीहरुलाई देशमै राम्रो वातावरण बनाउनुपर्छ : अध्यक्ष ओली

सिंहदरबार संवाददाता
२०८० माघ २९, सोमबार १७:५५
NIMB
Nabil Bank

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले खेलाडीहरुका लागि स्वदेशमै राम्रो वातावरण बनाउनसके विदेश पलायन हुनबाट रोक्न सकिने बताएका छन् । ललितुरको एन्फा कम्प्लेक्समा राजनीतिज्ञ र कलाकारबीच भएको मैत्रीपूर्ण खेलका क्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले राम्रो खेलाडीहरुका लागि बाहिर अवसरहरु धेरै रहेकाले पलायनको अवस्था आएको भन्दै देशमै राम्रो वातावरण बनाउन आवश्यक रहेको बताए । उनले नेपालले नै अन्तर्राष्ट्रिय स्तरका खेलहरु जितेर भविष्यको लागि राम्रो गर्न आवश्यक रहेको बताए । उनले आफु प्रधानमन्त्री भएको बेलामा रंगशालाको पुनः निर्माणदेखि नयाँ रंगशाला निर्माणमा आफुले धेरै काम गरेको बताए ।

Citizen Life
Kumar Bank

उनले भने, ‘राम्रो खेलाडीहरुका लागि बाहिर अवसरहरु अलि बढी छन् । तर हामीले आफ्नो स्ट्याण्डर बढाउनुपर्छ । आफ्नो टिमले अन्तर्राष्ट्रिय खेलहरु जित्नुपर्छ । यहीँ राम्रो वातावरण बनाउनुपर्छ । त्यसो हुँदा खेलाडीहरु बाहिर जाँदैनन् ।

म प्रधानमन्त्री भएको बेलामा दशरथ रंगशाला बनेको थियो, भत्किएको दशरथ रंगशाला बनाइयो, जनकपुर, पोखरामा अर्को रंगशाला बनाइयो । खेलाडीहरुका लागि राम्रो वातावरण बनाइयो उनको भनाइ रहेको छ । उनले भने यही खेल पनि हामी सरकारमा भएका बेलामा टक्सारबाट जमिन खेलकुद परिषद्का नाममा सारेर यो फुटबल मैदान बनाएको हो । हामी नै हौँ जहाँ गयो बनाउँछौँ । हामीले बनाएको हो, मान्छेलाई मन नपरेर के गर्ने ।’

 

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्