Shikhar Insurance

टिभिएसले सम्पन्न गर्यो एनओजी राइड

सिंहदरबार संवाददाता
२०८० माघ २९, सोमबार १८:१०
NIMB
Nabil Bank

काठमाडौं । टिभिएस मोटर कम्पनीले एनओजी राइड सम्पन्न गरेको छ । माघ २७ गते शनिबार आयोजना भएको उक्त एनओजी राइड टिभिएस नक्साल शोरुमबाट शुरु भएर शिवपुरीको ‘द ग्रीन भ्याली रिसोर्ट’मा पुगेर सम्पन्न भएको हो ।

एनओजी राइडमा करिब १०० राइडरहरु उपस्थित थिए । सहभागी सम्पूर्ण राइडरहरुलाई सहभागिताको प्रमाणपत्र पनि प्रदान गरिएको छ । उक्त राइडमा हेड मार्शल गौरव पाठकले सडक सुरक्षाको बारेमा विभिन्न जानकारी दिदैँ राइडरले अपनाउनुपर्ने नियम र सुरक्षाको बारेमा पनि जानकारी दिएका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

प्रोडक्ट हेड करुणा पुडासैनीले १ लाख सेलिब्रेशनको बारेमा जानकारी दिईन् भने मार्र्केटिङ डेप्युटी जिएम विक्रम पौडेल र सेल्स हेड आषिर श्रेष्ठले सहभागी ग्राहकहरुलाई स्वागत गरेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्