Shikhar Insurance

राष्ट्र बैंकले पनि भन्योः जनयुद्ध दिवसका लागि विदा छैन्

सिंहदरबार संवाददाता
२०८० माघ २९, सोमबार १८:१४
NIMB
Nabil Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले जनयुद्ध दिवसका अवसरमा बैंक तथा वित्तिय संस्थाहरुमा सार्वजनिक बिदा नरहेको बताएको छ । यस अघि गृह मन्त्रालयले पनि सार्वजनिक सूचना प्रकाशित गर्दै फागुन १ गते अर्थात माओवादीहरुले मान्दै आएको जनयुद्ध दिवसका दिन सार्वजनिक बिदा नरहेको जनाएको थियो ।

प्रचण्ड सरकारले जनयुद्ध दिवसका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको भए पनि सर्वाेच्च अदालतले त्यस्तो बिदा दिन नमिल्ने भन्दै खारेज गरिदिएको थियो ।
नेपाल राष्ट्र बैंकले पनि नेपाल सरकारको निर्णय अनुसार यस अघि आफ्नो क्यालेण्डरमा समावेश गरिएको सार्वजनिक बिदा अब भने कायम नरहेको स्पष्ट पारेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

GBIME

प्रतिक्रिया दिनुहोस्