Shikhar Insurance

आर्थिक संकट समाधान गर्न देशमा नयाँ शैलीको रिफर्म आवश्यक छ : प्रा.डा‍. अधिकारी

सिंहदरबार संवाददाता
२०८० फाल्गुन ७, सोमबार १६:१५
NIMB
Nabil Bank

काठमाडौं । देशको आर्थिक संकट समाधान  गर्न नयाँ शैलीको रिफर्म आवश्यक रहेको त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र विभागका प्रमुख प्राध्यापक डाक्टर शिवराज अधिकारीले बताएका छन् ।

देशको आर्थिक संकट समाधानमा मौद्रिक नीति र बजेटरी नीतिमा कहाँनेर समस्या आयो भन्ने विषयमा समुहगत छलफल कार्यक्रममा प्रा.डा. अधिकारीले नेपालको वर्तमान आर्थिक समस्यामा पुरानो शैलीले पुनरुत्थान सम्भव नभएको बताएका हुन् ।

Citizen Life
Kumar Bank

उनले भने, मौद्रिक नीति र बजेटरी नीतिका बीचमा तालमेलको समस्या देखिदैन । देशको आर्थिक सूचांक ठीक छ । अर्थतन्त्र चलायमान भएन, कर्जा बढ्दा पनि ढुक्क हुने ठाउँ छैन । कर्जा बृद्धि भएर पनि त्यो कहाँ जान्छ भन्ने थाहा छैन ।

कर्जा बृद्धिले आर्थिक बृद्धि नहुने रहेछ भनेपछि यसले पनि योगदान गर्छ भन्ने आधार के त ? भन्ने प्रश्न गर्दै डा. अधिकारीले देशको अर्थतन्त्रमा नयाँ सुधारको योजना आवश्यक भएको जिकिर गरे ।

सरकारले पनि खासै खर्च गर्न नसकेको गुनासो गर्दै डा. अधिकारीले भने ‘नयाँ शैलीको रिफर्मको सोच चाहियो, सरकारको वर्तमान सोचले अर्थतन्त्रमा गतिशिलता देखाउन सकेन । सरकारले ऋण लिइरहेको छ तर खर्च गर्न भने सकिरहेको छैन ।’

सरकारभित्र पनि नीतिहरु कार्यान्वयन हुने अवस्था कमजोर रहेको तथा ऋण लिने र त्यसलाई रिजर्भ गरेर राख्ने परिपाठीले निकट भविस्यमै ठुलो समस्या निम्त्याउने अधिकारीको तर्क रहेको छ ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्