Shikhar Insurance

रोकिएन भागबन्डा-अर्ब/खर्ब कारोबार गर्ने आयल निगम र दूरसञ्चार प्राधिकरण कांग्रेस/माओवादीलाई

सिंहदरबार संवाददाता
२०८० फाल्गुन ८, मंगलवार ०८:५८
NIMB
Nabil Bank

काठमाडौं । सत्ता साझेदार दलहरु नेपाली कांग्रेस र नेकपा माओवादीले केन्द्रले दुई महत्वपूर्ण निकायको नियुक्तीमा भागबन्डा गरेका छन् । आइतबार बसेको मन्त्रीपरिषद्को बैठकबाट नेपाल आयल निगम र दूरसञ्चार प्राधिकरणको नेतृत्वमा सत्तारूढ दुई दलले आपसी समझदारीना बाँडफाँड गरेका हुन् ।

मन्त्रीपरिषद्को बैठकबाट निगम कांग्रेसलाई र प्राधिकरण माओवादी निकटलाई बाँडफाँड गरिएको छ । दुर संचार प्राधिकरणले बर्षमा १२/१३ अर्बको कारोबार गर्छ भने नेपाल आयल निगमले बर्षमा एक खर्ब भन्दा बढीको कारोबार गर्छ ।

Citizen Life
Kumar Bank

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको आयल निगमको नेतृत्व अर्थात कार्यकारी निर्देशक पद मंसिर २७ देखि खालि थियो । तत्कालिन कार्यकारी निर्देशक उमेशप्रसाद थानीले पदबाट राजीनामा दिएसँगै यो पद खाली थियो । यस्तै, प्राधिकरणको अध्यक्ष पद पुस अन्तिम सातादेखि खाली थियो ।

निगमको नेतृत्वका लागि १३ जनाको आवेदन परेको थियो । जसमध्येबाट अन्तिम तीनको सूचीमा परेका डा. चण्डीका भट्ट, डोलप्रसाद चापागाईँ र सत्रुघ्न प्रसाद पुडासैनीमध्येबाट भट्ट छानिएका हुन् ।

यस्तै, तत्कालिन अध्यक्ष पुरुषोत्तम खनालले पुस २४ गते राजीनामा बुझाएका थिए । खनालले व्यक्तीगत कारण देखाउँदै पदबाट राजिनामा दिएसँगै दुई भिन्न मन्त्रालय मातहतको महत्वपूर्ण निकायको कार्यकारी पद खाली बन्यो । यीनै दुई पदमा आइतबारको मन्त्रीपरिषद् बैठकले बाँडिचुडी गरेका हुन् ।

भट्ट विशेषगरी नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवाका नजिकका पात्र मानिन्छन् । ‘आरजु राणाको चाहना नै भट्टलाई निगममा लैजाने भन्ने थियो । सो चाहनालाई शेरबहादुर देउवाले अघि बढाए,’ स्रोत भन्छ, ‘देउवाको ग्रीन सिंग्नल प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा नपुग्ने कुरै भएन ।’ नेपाली कांग्रेको नेतृत्व तहबाट भट्टलाई नै निगमको नेतृत्वमा लग्ने योजना आएपछि मन्त्रीपरिषद्को बैठकले त्यसलाई सदर गरेको हो ।

साेहि कारण, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले रित्त निगमको कार्यकारी निर्देशकको पदमा आवेदन खुलाउना साथ भट्ट प्रधानमन्त्री कार्यालयमा पुगेका थिए । उनले प्रधानमन्त्रीसँगको भेटका क्रममा निगमको कार्यकारी पदमा नियुक्ती पाउने आस्वासन पाएपछि मात्रै आवेदन दिएका थिए ।

चण्डिका भट्टलाई सँधै शक्ति र सत्ताको नजिकका व्यक्तीकारुपमा कर्मचारी वृत्तमा परिचित छन् । भट्ट यसअघि २०७१ सालमा झण्डै ८ महिना निगमको नेतृत्वकारुपमा काम गरेका थिए । गोरखामा जन्मिएका भट्ट यतिबेला दोस्रो कार्यकालकारुपमा विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज)को नेतृत्व सम्हालिरहेका छन् ।

यसअघि उनी तत्कालिन उद्योगमन्त्री सुनिल थापासँगको टकराबका कारण मन्त्रालयमा तानिएका थिए । भट्टले निगममा हुँदा स्वचालित मूल्य प्रणाली सुरुवात गरेका थिए ।
यसअघि समेत भट्ट नेपाली कांग्रेस नेतृत्वको सरकारको पालामा नै निगमको नेतृत्वमा पुगेका थिए । उनी निगमको नेतृत्वका लागि नियुक्त हुँदा नेपालका प्रधानमन्त्री शुसिल कोइराला थिए । कोइराला नेतृत्वको मन्त्रीपरिषद्ले नै भट्टलाई निगमको कार्यकारी पदमा नियुक्त गरेको थियो । कोइरालाले त्यतिबेला २०७० माघ महिनादेखि २०७२ सालको असोजसम्म सरकार चलाएका थिए ।

कांग्रेसले निगम लिएपछि माओवादीले दूरसञ्चार प्राधिकरणको नेतृत्व लिएको हो । प्राधिकरणको रिक्त अध्यक्ष पदमा नियुक्त भएका भुपेन्द्र भण्डारी माओवादी नेतृ तथा सूचना तथा सञ्चार मन्त्री रेखा शर्माका सचिवालय सदस्य हुन् । उनले प्राधिकरणको अध्यक्ष पदका लागि आवेदन दिनका लागि सञ्चार मन्त्रीको सचिवालयबाट राजिनामा दिएका थिए । यो पदका लागि कूल २५ जनाको आवेदन परेको थियो । यसमध्येबाट रेखा शर्माका विश्वास पात्रका रुपमा रहेका भण्डारीलाई मन्त्रीपरिषद्को बैठकले अध्यक्षमा नियुक्त गरेको हो ।

मन्त्री शर्माको सचिवालयमा १० महिना काम गरेका भण्डारी ७ वर्ष बुरुण्डी स्मार्ट मोबाइलको प्रमुख कार्यकारी अधिकृत बनेका थिए । यस्तै, इन्टरग्रुपमा डेढ वर्ष र सियारा लियोनमा समेत काम गरेको अनुभव भण्डारीसँग छ । विसं २०५४ सालमा त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनतर्फ स्नातक पूरा गरेका भण्डारीले विसं २०६२ मा भारतबाट चार्टर्ड एकाउन्टेन्टको अध्ययन गरेका थिए ।

इन्स्टिच्यूट अफ चार्टर्ड एकाउन्टेन्टस भारतबाट विसं २०६२ र इन्स्टिच्यूट अफ चार्टर्ड एकाउन्टेन्टस नेपालको विसं २०६४ मा सदस्यता प्राप्त गरेका भण्डारीले भारतमै चार्टर्ड एकाउन्टेन्टस फर्ममा तीन वर्षे अतिरिक्त तालिम पनि लिएका छन् । भण्डारीले विसं २०५९ देखि नेपालमा बैंकिङ क्षेत्रको नेतृत्व लिन सुरु गरेको थिए ।

स्पाइस नेपाल प्रालि (मेरो मोबाइल)मा नायव प्रमुख वित्तीय अधिकृतको रुपमा सात महिना काम गरेका दूरसञ्चार क्षेत्रको नेतृत्व थालेका भण्डारीले सोही वर्षदेखि दूरसञ्चार क्षेत्रकै अन्तर्राष्ट्रिय अनुभव सुरु गर्नुभएको थिए ।

विस २०६४ मा अफ्रिकी मुलुक बुरुण्डीस्थित मोबाइल अप्रेटर कम्पनी लासेलको प्रमुख कार्यकारी अधिकृत बनेका थिए । विसं २०७२ देखि २०७३ सम्म सिरायलिवनको इन्टरग्रुप टेलिकमको प्रमु्ख कार्यकारी अधिकृतको रुपमा नेतृत्व लिएका भण्डारी २०७४ सालमा नेपाल फर्केका थिए ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्