Shikhar Insurance

एकिकृत समाजवादीको स्याङजा कमिटीमा कुनै विवाद छैन्, ९५ प्रतिशत सदस्य उभिए एकै ठाउँ

सिंहदरबार संवाददाता
२०८० फाल्गुन ९, बुधबार ०९:१९
NIMB
Nabil Bank

काठमाडौं । नेकपा(एकिकृत समजवादी) पार्टी स्याङजा जिल्ला कमिटीले पार्टीमा कुनै विवाद नरहेको स्पष्ट पारेको छ । ९५ प्रतिशत जिल्ला कमिटी सदस्यहरुको उपस्थितिमा बसेको बैठकले पार्टी एक ढिक्का रहेको र भ्रमहरुमा नपर्न अपिल गरेको हो ।

एकिकृत समाजवादी पार्टीको स्याङजा जिल्ला कमिटीका उप सचिव मेघनाथ चापागाईँले ९५ प्रतिशत जिल्ला कमिटी सदस्यहरुको सहभागीतामा भव्यताका साथ बैठक सम्पन्न भएको र कुनै दुविधामा नपर्न आग्रह गरे ।

Citizen Life
Kumar Bank

बैठकमा एकिकृत समाजवादीको गण्डकी प्रदेशका इञ्चार्ज तुल बहादुर गुरुङ, प्रदेश अध्यक्ष श्रीनाथ बराल लगायतले पार्टी निर्माण र समाजवादी अभियानबारे प्रशिक्षण राखेका थिए । जिल्ला कमिटी बैठकलाई सचिव श्री गुरुङले सञ्चालन गरेका थिए ।

 

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्