Shikhar Insurance

मनमोहन मेमोरियल इन्स्टिट्युट अफ हेल्थ साइन्सकाे १७ औं वार्षिकोत्सव सम्पन्न

सिंहदरबार संवाददाता
२०८० फाल्गुन ९, बुधबार १२:५२
NIMB
Nabil Bank

काठमाडौं । मनमोहन मेमोरियल इन्स्टिट्युट अफ हेल्थ साइन्सले आफ्नो १७ औं वार्षिकोत्सव विविध कार्यक्रम सहित भब्यतापुर्बक सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष डा. बंशीधर मिश्रको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमको प्रमुख अतिथि भने संघिय संसद शिक्षा तथा स्वास्थ्य समितिका सभापति माननीय भानुभक्त जोशी रहेका थिए ।

जोशिले हाल बिद्यार्थी बिदेश जाने खालको प्रकृयामा उल्लेख्य सुधार हुने गरि शिक्षा समितिले कार्य गरिरहेको कुरा व्यक्त गर्दै क्याम्पसको १७ औ बार्षिकोत्सवको सफलताको शुभकामना दिएका थिए । संस्थाले गुणस्तरिय शैक्षिक पठन पाठन गरेकोमा सस्थामा सम्लग्न सम्पुर्णमा हार्दिक धन्यवाद ब्यक्त समेत जेशिले गरे ।

Citizen Life
Kumar Bank

चिकित्सा शास्त्र अध्ययन सस्थानका निमित्त डिन प्रा.डा. प्रदिप बैधले क्याम्पस हाम्रो सम्वन्धनमा संचालन रहेको र क्याम्पस परिवारको एउटा हिस्साको रुपमा लिएको र यहाका बिद्यार्थीहरु अव्वल रहेको र यहाको शिक्षा गुणस्तरिय रहेको बताए ।

कार्यक्रममा नेपाल स्वास्थ सेवा सहकारी संस्था लिमिटेडका उपाध्यक्ष जीवन प्रकाश शर्माले नेपालको हालको उच्च शिक्षालाई सिप संग जोड्नु पर्ने र देशमा केहि हुदैन भन्ने नकारात्मक भाष्य परिवर्तन गर्न आआफ्नो ठाउंवाट भूमिका खेल्न अनुरोध गरे ।

कार्यक्रममा क्याम्पस प्रमुख डा. धर्म प्रसाद खनालले क्याम्पसको शैक्षिक गतिविधि सहित कार्यक्रममा पाल्नु हुने सम्पूर्णमा स्वागत मन्तव्य राखेका थिए ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्