Shikhar Insurance

अनेरास्ववियूले मनायो ‘रेड बुक डे’

सिंहदरबार संवाददाता
२०८० फाल्गुन ९, बुधबार १५:४१
NIMB
Nabil Bank

काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) शङ्करदेव क्याम्पस र सरस्वती क्याम्पस कमिटीले दिप प्रज्जवलन गरि कम्युनिष्ट घोषणापत्र जारी गरिएको दिन अर्थात ‘रेड बुक डे’ मनाएका छन् । अनेरास्ववियूमा आवद्ध विद्याथीहरुले विश्व कम्युनिस्टको मार्गदर्शक सिद्धान्त ‘कम्युनिष्ट घोषणापत्र’ सामुहिक रुपमा बाचन गरेर रेड बुक डे मनाएका हुन् ।

कार्यक्रममा नेकपा (एकिकृत समाजवादी)का केन्द्रिय सदस्य सुदेश पराजुलीको प्रमुख आतिथ्यता रहेको थियो भने अनेरास्ववियूका निवर्तमान उपाध्यक्ष तथा पार्टी केन्द्रिय परिषद सद्स्य माधव पन्त, अनेरास्ववियूका महासचिव महेश श्रेष्ठको विशेष आथित्यता तथा अन्य नेता, विद्यार्थी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा उपस्थितहरुले सामुहिक रुपमा कम्युनिष्ट घोषणापत्र बाचन गरेर कार्यक्रम सम्पन्न गरेका थिए ।

Citizen Life
Kumar Bank

आजभन्दा १७६ वर्ष अगाडि १८४८ फ्रेबुरी २१ तारिखका दिन कार्लमार्क्स र एंगेल्सद्वारा रचित कम्युनिस्ट घोषणापत्र जारी भएको थियो । त्यसैले आजको दिनलाई विश्वका कम्युनिष्टहरूले ‘रेड बुक डे’का रूपमा मनाउने गर्छन्। यहीँ कम्युनिष्ट घोषणापत्र अध्ययन गरेर विश्वभर मार्क्सवादी चेतनाको लहर फैलिएको मानिन्छ।

नेपालमा पनि पुष्पलालले वि.स. २००५ सालमा कम्युनिस्ट घोषणापत्रलाई नेपालीमा अनुबाद गरेर २००६ मा नेपाल कम्युनिस्ट पार्टीको स्थापना गरेका थिए ।

 

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्