Shikhar Insurance

३ वर्षदेखि अलपत्र पुस्तकालयको काम सुरू

सिंहदरबार संवाददाता
२०८० फाल्गुन ११, शुक्रबार १२:४८
NIMB
Nabil Bank

बागलुङ । वि.सं २०७६ मा शिलान्यास गरिएको धवलागिरि बहुमुखी क्याम्पसको पुस्तकालय भवन निर्माण पुनःप्रारम्भ भएको छ । तीन तला ढलान भएर तीन वर्षसम्म अलपत्र रहेको पुस्तकालय भवनको बाँकी काम थालिएको हो ।

तत्कालीन सांसद सूर्य पाठकको सांसद विकास कोषबाट प्रदान गर्नुभएको ७० लाख रुपैयाँ लागतमा बनाइएको भवनको बाँकी काम यथाशीघ्र पूरा गर्ने लक्ष्यका साथ पुनः काम थालिएको क्याम्पसप्रमुख रामप्रसाद उपाध्यायले बताए ।

Citizen Life
Kumar Bank

त्रिभुवन विश्वविद्यालयले बजेटमा उपलब्ध गराएपछि भवन निर्माणलाई अगाडि बढाइएको छ । “सांसद विकास कोषको २०७६ सालमा ४० लाख रुपैयाँ र २०७७ सालमा ३० रुपैयाँ गरी ७० लाख रकममा भवनको बाहिरी संरचनामात्रै बन्यो, तर समग्रमा भवनको ४० प्रतिशतमात्रै काम हो यो”, रुपैयाँ क्याम्पसप्रमुख उपाध्यायले भने।

त्रिभुवन विश्वविद्यालयले पुस्तकालयको भवन निर्माण सम्पन्न गर्न १ करोड रुपैयाँ बजेट दिएकाले निर्माणको काम पुनः सुरु भएको उनलेबताएका छन् । भवन अपाङ्गमैत्री हुनेछ पनि उनले जानकारी दिएका हुन् ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्