Shikhar Insurance

को हुन् प्रभु बैंकको साढे ७ लाख बढी कित्ता सेयर बिक्री गर्ने १४ जना संस्थापकहरु ?

सिंहदरबार संवाददाता
२०८० फाल्गुन ११, शुक्रबार १३:५०
NIMB
Nabil Bank

काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले १४ जना संस्थापक सेयरधनीको नाममा रहेको सेयर बिक्रीमा ल्याएको हो ।

संस्थापक सेयरधनी भारती कुमारी आर्चायको नाममा रहेको ५१ हजार ८८ कित्ता, उमा अधिकारीको २० हजार ३ सय ६४ कित्ता, गोविन्द प्रसाद ज्ञवालीको १९ हजार ७ सय ६ कित्ता, गजेन्द्र लाल श्रेष्ठको ४ हजार १ सय कित्ता, सागर अधिकारीको ८३ हजार ८ कित्ता,एस.आर.हाइड्रो एण्ड इन्भेष्टमेण्टको १ लाख १३ हजार ४ सय ३५ कित्ता सेयर बिक्रीमा ल्याएका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

सार्थ, सागर ढकालको ९ हजार ५ सय ७१ कित्ता, देवेन्द्र श्रेष्ठको ९ हजार १ सय कित्ता, वीरेन्द्र रावलको १ हजार ५ सय ५२ कित्ता, बि.के. बिनायक प्रालिको २ लाख ८४ हजार ८ सय ६२ कित्ता, पुष्कर पण्डितको ८६ हजार ४ सय ६४ कित्ता, परितोष प्रसाद पाण्डेको २४ हजार ५ सय ८५ कित्ता, परिश्रुत प्रसाद पाण्डेको २६ हजार ३ सय ५० कित्ता, तिलक राम ज्ञवालीको नाममा रहेको १९ हजार ७ सय ७ कित्ता सेयर गरी कुल ७ लाख ५३ हजार ८ सय ९२ कित्ता सेयर बिक्रीमा ल्याएका छन् ।

उक्त सेयर खरिद गर्ने इच्छुक संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरि सूचना प्रकाशन भएको ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बबरमहल काठमाडौंमा आवेदन सक्नेछन् ।

तोकिएको समयमा कुनैपनि सेयरधनीहरुबाट आवेदन नपरेको खण्डमा  कानुन बमोजिम अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रक्रिया अगाडी बढाउने बैंकले एक सूचना मार्फत जानकारी गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्