Shikhar Insurance

‘बैंकहरुको वितरण योग्य नाफा नेगेटिभ भइसकेको छ, याे अझै घट्छ’ सीईओ के.सी

सिंहदरबार संवाददाता
२०८० फाल्गुन १४, सोमबार १४:५८
NIMB
Nabil Bank

काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष तथा एनएमबी बैंकका सीईओ सुनिल केसिले बैंकहरुको वितरण योग्य नाफा नेगेटिभ भैसकेको बताएका छन् । बैंकर्स संघले आफ्नै सभाहलमा गरेको कार्यक्रममा बोल्दै केसिले त्यस्तो बताएका हुन् ।

कार्यक्रमको आरम्भमा बोल्दै केसिले बैकिङको पछिल्लो अवस्थाबारे प्रस्तुति राखेका थिए । उनले बैंकहरु माथी सर्वत्र आक्रमण हुनु दुःखद भएको, बैंकहरुको आरओई १०५ भन्दा कम भैसकेकोले बकिङ चुनौतीमा रहेको बताए । बैंकहरुको वितरण योग्य नाफा नेगेटिभ रहेको र त्यो अझै घट्ने केसिले दावी गरे । उनले बैंकहरुको ब्याजदर निकै घटेकाले अब अर्थतन्त्रमा सुधार आउनु पर्ने बताए ।

Citizen Life
Kumar Bank

एनमबी बैंकका सिईओ समेत रहेका केसिले नेपालका बैंकहरुको खराब कर्जा भने एसियाको औसत भन्दा तल रहेको तर पनि अब भने सचेत हुनुपर्नेमा जोड दिए । अध्यक्ष केसिले नेपालका बैंकहरु दक्षिण एसियामै सबल र अब्बल अवस्थामा रहेको पनि बताए ।

उनले अब भने नेपाल राष्ट्र बैंकले नेपाल सरकार मार्फत स्टिमुलस प्याकेज ल्याउन भूमिका खेल्नु पर्नेमा पनि जोड दिए । बैंकहरुको एनबिए निरन्तर वृद्धि भएकाले त्यसबारे पनि नयाँ केही गर्नुपर्ने उनको निचोड छ ।
तरलताको निरन्तर उतारचढावको समाधानकानका लागि पनि सोच्नु आवश्यक रहेको बताए । उनले पछिल्लो समय सडकबाट धेरै प्रेसर आउन थालेकोले बैंकरहरुले तनाव बोक्नु परेको निचोड पनि सुनाए ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्