Shikhar Insurance

गभर्नरको प्रति प्रश्न-बैंकहरु कसरी नाफाखोर र मिटर ब्याजी भए ? नबुझी बोल्ने ?

सिंहदरबार संवाददाता
२०८० फाल्गुन १४, सोमबार १५:१६
NIMB
Nabil Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरु कसरी नाफाखोर र मिटर ब्याजी भए भन्दै प्रती प्रश्न गरेका छन् । नेपाल बैंकर्स संघको कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले प्रती प्रश्न गरे-“म गभर्नर भएर आउँदा ३२ खर्ब लगानी गरेर ७० अर्ब कमाउने बैंकले अहिले ५० खर्ब लगानी गरेर पनि त्यति कमाउने अवस्था छैन । अनि बैंकहरु जारी मिटर ब्याजी भए ? कसरी नाफाखोर भए ?”

गभर्नर अधिकारीले अहिले बैंकहरुमाथी गाली गर्ने सामाजिक समस्या आइलगेको पनि बताए । “बैंकहरुलाई गाली आइरहेको छ । बैंकहरु साहुजी भए रे, कसरी भए ? कुरै नबुझी बाेल्ने ?” उनले अहिले ठुला ऋणिहरु नयाँ ऋण लिन सक्ने अवस्थामा भने नरहेको स्पष्ट पारे ।

Citizen Life
Kumar Bank

तर साना ब्यवसायीसम्म बैंकहरु पुग्नै नसकेको टिप्पणी गरे । “साना ब्यवसायीसम्म बैंक पुग्न सकेनन् । किराना पसलसमा बैंक नपुगेपछि उनीहरु ऋण लिन पनि सहकारीमा गए । निक्षेप पनि सहकारी मै राखे । अहिले सहकारीमा समस्या आउँदा अर्थतन्त्र मै समस्या जस्तो देखियो । ” गभर्नर अधिकारीले भने ।

उनले क, ख र ग बर्गका सस्थाहरुले १९ लाख नागरिकलाई पनि ऋण नदिएको भन्दै असन्तुष्टि पोखे । क, ख र ग बर्गका सस्थाहरुले १९ लाखलाई ऋण दिएका छैनन् । के देशमा १९ लाख मात्रै साना ब्यवसायी छन् त ? “गभर्नरले प्रश्न गरे ।

उनले अहिले खराब कर्जा वृद्धि भएको होईन, बास्तविकता देखीएको मात्रै हो पनि भने ।”यो खराब कर्जा बढेको बर्ष होईन, खराब कर्जा देखाइएको वर्ष हो । अहिले नेट एनपिए १.१३% मात्रै छ । अहिले डराउनु पर्ने अवस्था होईन ।”

गभर्नर अधिकारीले नेपालका बैंकहरु नडुब्ने घोषणा पनि गरे ।”बैंकहरु डुब्ने अवस्थामा छैनन्, राष्ट्र बैंकले हेरिरहेको छ । बैंक डुबे भने अर्थतन्त्र पनि संकटमा जान्छ “, अधिकारीले भने ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्