Shikhar Insurance

बिवाइडीले ल्यायो ‘नेपाली अब यूरो कपमा’ स्किम योजना

सिंहदरबार संवाददाता
२०८० फाल्गुन १४, सोमबार १८:१८
NIMB
Nabil Bank

काठमाडौं । बिवाइडी अटो इन्ड्रस्ट्रीको अधिकृत वितरक सिमेक्स आएनसि प्राइभेट लिमिटेडले नेपाली अब यूरो कपमा स्किम ल्याएको छ । युइयफए युरो २०२४ को अवसरमा सिमेक्स आएनसिले उक्त स्किम ल्याएको हो ।

बिवाइडी युइयफए युरो २०२४ को अधिकृत इ-मोबिलिटि पार्टनर भएकाले, यस स्किमले बिवाइडीका फुटबल प्रेमी ग्राहकहरुले जर्मनीमा गई प्रत्यक्ष युइयफए युरो २०२४ का रोमान्चक खेलहरु हेर्न सक्नेछन् । युइयफए युरो २०२४ जर्मनीका दस विश्व-प्रसिद्ध स्टेडियमहरूमा जुन १४ देखि जुलाई १४ सम्म आयोजना गरिने भएको छ । युइयफए युनियन अफ युरोपयिन फुटबल एसोसिएशन र न्यु-इनर्जी भेहिकलको प्रमुख निर्माता बिवाइडिबीचको यो सम्झौता च्याम्पियनशिपको इतिहासमा पहिलोपटक भएको सम्झौता हो।

Citizen Life
Kumar Bank

सिमेक्स आएनसि प्राइभेट लिमिटेडका अनुसार ११ भाग्यशाली विजेताहरुले युइयफए युरो २०२४ मा आफैँ उपस्थित भई फुटबल खेलको प्रत्यक्ष रूपमा मनोरन्जन लिने अवसर पाउनेछन्। यस स्किमद्वारा ग्राहकहरूलाई फुटबलको प्रत्यक्ष अनुभव प्रदान गर्ने लक्ष्य बिवाइडीले राखेको छ।सिमेक्स आएनसि प्राइभेट लिमिटेडले विद्युतीय सवारीसाधनको क्षेत्रमा उत्कृष्टता र नवीनतालाई प्रेरित गर्दै आफ्ना ग्राहकहरुलाई अनुभव प्रदान गर्न सदैव प्रतिबद्ध रहने जनाएको छ ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्