Shikhar Insurance

नेपाल, नामिबिया र नेदरल्याण्ड्सबीचको टी २० सिरिज एक्सन स्पोर्टसबाट प्रत्यक्ष प्रसारण हुने

सिंहदरबार संवाददाता
२०८० फाल्गुन १५, मंगलवार १२:२२
NIMB
Nabil Bank

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानको आयोजनामा त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टी २० त्रिकोणात्मक सिरिज हुने भएको छ । नेपाल, नामेविया र नेदरल्याण्ड्स सहभागी उक्त टी २० सिरिज डिसहोमको एक्सन स्पोर्टस एचडीवानबाट प्रत्यक्ष प्रसारण हुने भएको हो ।

नेपाली क्रिकेट टिमले त्रिवि क्रिकेट मैदानमा खेलेका अन्तर्राष्ट्रिय प्रतियोगिताहरु प्रत्यक्ष प्रशारण गरिएको डिसहोमले त्रिकोणात्मक टी २० सिरिज पनि प्रशारण गर्ने संस्थाले जानकारी गराएको हो । एक्सनस्पोर्टस् एचडी वानबाट यसअघि नेपाल र क्यानडाबीचको सिरिजका साथै आइसीसी विश्वकप लिग टूको पहिलो त्रिकोणात्मक एक दिवसीय सिरिज पनि प्रत्यक्ष प्रशारण भएको थियो ।

Citizen Life
Kumar Bank

टी २० सिरिज अन्तर्गत मंगलबार(२७ फेब्रुअरीमा) नेपालले नामिबियासँग खेल्ने छ भने २८ फेब्रुअरीमा नेदरल्याण्ड्ससँग खेल्ने भएको छ । यसैगरी, मार्च १ मा नेपाल र नामिबिया दोस्रो पटक भिड्ने छन् । त्यसैगरी नेपाल र नेदरल्याण्ड्सको दोस्रो भेट मार्च २ मा हुनेछ । तीन मध्ये शीर्ष २ ले उपाधिका लागि मार्च ३ मा खेल्ने छन् । सबै खेल विहान साढे ११ बजेदेखि सुरु हुने छन् ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्