Shikhar Insurance

धितोपत्र बोर्डको अध्यक्ष बन्न पाँच हजार तिर्नुपर्ने, १५ दिनको म्याद तोकेर दरखास्त आव्हान

सिंहदरबार संवाददाता
२०८० फाल्गुन १६, बुधबार ०६:५२
NIMB
Nabil Bank

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षका दर्खास्त आव्हान भएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मीन बहादुर श्रेष्ठ नेतृत्वको छनौट समितिले दर्खास्त आव्हान गरेको हो ।

योग्य नेपाली नागरिकले पाँच हजार दस्तुर तिरेर फागुन ३० गतेभित्र अर्थात आगामी १५ दिनसम्म आवेदन दिन सक्नेछन् ।

Citizen Life
Kumar Bank
Nepal Life

पुस २२ गतेदेखि बोर्ड अध्यक्षको पद खाली थियो । नयाँ स्टक एक्सचेञ्जका लागि लाइसेन्स वितरण हुने भएकाले आफू अनुकुल पात्रलाई अध्यक्ष बनाउन ब्यवसायीक घरानाहरु बिच तिब्र प्रतिस्पर्धा छ । अध्यक्ष चयनका लागि डा.श्रेष्ठको नेतृत्वमा अर्थ सचीव कृष्ण हरि पुष्कर र उदय निरौला सदस्यीय रहेको छनौट समिती छ ।

समितिले तयार पारेको कार्यबिधी अनुसार बोर्ड अध्यक्ष बन्नका लागि धितोपत्र सम्बद्ध विभिन्न क्षेत्रमा कम्तिमा सात बर्षको पेसागत अनुभव र स्नातकोत्तर उतिर्ण भएको हुनुपर्नेछ । बाणिज्य, कानुन, धितोपत्र बजार र ब्यवस्थापन,पुजि बजार बिकाश, आर्थिक, बित्तीय क्षेत्रमा अनुभव हुनेले आवेदन दिन सक्नेछन् ।

बिद्यावारिधी गरेका उम्मेदवारले अतिरिक्त ३ अङक पाउनेछन् । शैक्षिक योग्यताका लागि १२ अङक, ब्यवसायीक कार्ययोजना ४०, कार्ययोजना प्रस्तुतिकरण १८ र अन्तर्वार्ताका लागि ३० अङक तोकिएको छ ।

बोर्ड अध्यक्ष बन्नका लागि बोर्डकै कार्यकारी निर्देशकहरु डा. नवराज अधिकारी, मुक्ति श्रेष्ठ, कृष्ण पोखरेल देखि बीमा प्राधिकरणका पुर्व अध्यक्ष चिरञ्जीवी चापागाईं, नेप्सेका पूर्व सिईओ चन्द्र सिंह साउद, नेप्सेका वर्तमान सिईओ कृष्ण कार्की, लगानी बोर्डका सिईओ सुशील भट्ट, नेपाल राष्ट्र बैंकका पुर्व डेपुटी गभर्नरद्वय चिन्तामणि सिवाकोटी र शिवराज श्रेष्ठ, बोर्ड कै पूर्व कार्यकारी निर्देशक निरज गिरि, बिजय सत्याल लगाएत आकान्क्षी छन् ।

नयाँ अध्यक्षको नेतृत्वमा नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स वितरण हुनेछ ।                                                                               

GBIME

प्रतिक्रिया दिनुहोस्