Shikhar Insurance

सिआईबीको धरपकड विरुद्ध एकजुट भए बैंकर, तत्काल रिहा नगरे ‘पेन डाउन’

सिंहदरबार संवाददाता
२०८० फाल्गुन १६, बुधबार ११:५७
NIMB
Nabil Bank

काठमाडौं । नेपाल बैंकर्स संघको पूर्ण बैठक सकिएको छ । २० वटै बाणिज्य बैंकका सिईओहरु सम्मीलित बैठकले कमसल धितोमा ऋण दिएको भन्दै सिआइबीको धरपकडको निन्दा गरेको छ ।

बैठकमा सहभागी एक बैंकरका अनुसार संघ नेतृत्वले सिआईबी प्रमुख, राष्ट्र बैंक गभर्नर र गृहमन्त्रीलाई आजै भेट्दै छ । सुरुमा सिआईबी प्रमुखलाई भेटेर उनीहरु गभर्नरलाई भेट्न बालुवाटार जानेछन् ।
बैंकरहरुले आजै गृहमन्त्री नारायण काजी श्रेष्ठलाई पनि भेट्ने छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

बैंकरमाथिको धरपकड तत्काल रोकिनु पर्ने र हिरासतमा रहेका प्रभु बैंकका डिसिईओ मनोज न्यौपाने, सेन्चुरी बैंकका पूर्व सिईओ तुल्सिराम गौतम सहितका बैंकरलाई तत्काल रिहा नगरे पेन डाउन गर्ने चेतावनी सहित उनिहरुले दवाब अभियान थाल्ने निर्णय गरेका हुन ।

GBIME

प्रतिक्रिया दिनुहोस्