Shikhar Insurance

नेदरल्यान्ड्सले नेपाललाई दियो जितका लागि १ सय ८५ रनको लक्ष्य

सिंहदरबार संवाददाता
२०८० फाल्गुन १६, बुधबार १३:३४
NIMB
Nabil Bank

काठमाडौं । त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृङ्खलाअन्तर्गत आज भएको खेलमा नेदरल्यान्ड्सले नेपाललाई जितका लागि १ सय ८५ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अहिले भइरहेको खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै एक सय ८४ रनको योगफल बनायो ।

Citizen Life
Kumar Bank

नेदरल्यान्ड्सका लागि माइकल लेभिटले सर्वाधिक ५४ रनको योगदान दिए । उनले ३६ बल खेल्दै पाँच चौका र तीन छक्काको सहयोगमा ५४ रन बनाएका हुन् । त्यस्तै स्याब्रान्ड एंगेलब्रेक्टले ३८ बल खेल्दै चार चौका र एक छक्काको मद्दतमा ४९ रन बनाए ।

स्कट एडवार्डसले १६ बल खेल्दै पाँच चौकाको मद्दतमा ३३ रन जोडे । तेजा निडामानिरुले ३१ रन जोड्दा म्याक्स ओडाउडले चार रन बनाए ।

बलिङतर्फ नेपालका करण केसी र कुशल मल्लले समान एकरएक विकेट लिए । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्