Shikhar Insurance

अन्ततः मन्त्रिमण्डल पुनर्गठन पक्का, अर्थमन्त्री र गृहमन्त्रीको सरुवा हुने

सिंहदरबार संवाददाता
२०८० फाल्गुन १८, शुक्रबार १०:१३
NIMB
Nabil Bank

काठमाडौं । अन्ततः सत्तारुढ गठबन्धनबिच मन्त्रिमण्डल पुनर्गठनका लागि सहमति बनेको छ । अर्थमन्त्री फेर्नैपर्ने अडानमा रहेका प्रधानमन्त्री र गृहमन्त्री फेर्न दबाव दिईरहेका काँग्रेस सभापतिबीच ति दुबै मन्त्रीको सरुवा गर्ने समझदारी बनेको हो ।

स्रोतका अनुसार फागुन २१ गते अघि नै अर्थात केहि दिनमै मन्त्रिमण्डल पुनर्गठन हुनेछ । अर्थमन्त्री डा. प्रकाश शरण महतलाई परराष्ट्र मन्त्रालयको जिम्मेवारीमा पठाईँदै छ भने गृहमन्त्री नारायण काजी श्रेष्ठलाई दिइने मन्त्रालयको खोजी भैरहेको छ । अर्थमन्त्री डा. महतले आफुलाई अर्थबाट हटाउँदा परराष्ट्र मन्त्रालय चाहिने बताईसकेका छन् ।

Citizen Life
Kumar Bank

उता, गृहमन्त्री श्रेष्ठले भने आफुलाई अन्यत्र सरुवा गर्ने भए अर्थ वा भौतिक पूर्वाधार मन्त्रालय चाहिने अडान कसेका छन् । काँग्रेसले गृहमन्त्रालय लिएर माओवादीलाई अर्थ मन्त्रालय दिने मोटामोटी समझदारी बनेको छ । जस अनुसार अहिलेका गृहमन्त्रीले आफुलाइ अर्थको जिम्मेवारी चाहिने माग गरेको स्रोत बताउँछ । सुरुमा केहि दिन भौतिक मन्त्रालय बसेका श्रेष्ठले दोश्रो रोजाईमा भने सोही मन्त्रालय राखेका छन् ।

गृहमन्त्री बनेर निजी व्यवसायीमाथि पक्राउ र धरपकडको आतंक मच्चाईरहेका श्रेष्ठले अर्थमन्त्रालय पाउने सम्भावना भने ऋणात्मक छ । माओवादीबाट बर्षमान पुन र जनार्दन शर्मा दुबैले मन्त्री बन्ने चाहना राखेका छन् । उनीहरुलाई पार्टीको महत्वपूर्ण जिम्मेवारीबाट हटाएर मन्त्री बनाउन लागिएको चर्चा भने एक हप्ता अघिदेखि नै चलिरहेको छ । बर्षमान पुनले गृहमन्त्रालयको जिम्मेवारी चाहेको भए पनि उनलाई अर्थमन्त्री बनाउने सम्भावना छ । प्रधानमन्त्री प्रचण्डले अहिलेका अर्थमन्त्री डा. महतको नेतृत्वमा नयाँ बजेट र लगानी सम्मेलनसम्म जानै नसकिने बरु गठबन्धन नै फेर्नेसम्मको चेतावनी दिएपछि देउवा पनि मन्त्रीमण्डल पुनर्गठनका लागि तयार भएका हुन् ।

काँग्रेसबाट हाल सरकारमा रहेकामध्ये रक्षा मन्त्री पूर्ण बहादुर खड्काको जिम्मेवारी यथावत रहने बताइन्छ । अर्थमन्त्रीलाई परराष्ट्रमा पठाएर अहिलेका परराष्ट्र मन्त्री एनपी साउँदलाई भने फिर्ता बोलाइँदैछ ।
राष्ट्रिय सभा अध्यक्षको निर्वाचनका कारण वर्तमान सत्ता गठबन्धन नै धरापमा पर्ने सम्भावना बढ्दै गएपछि शेर बहादुर देउवाले मन्त्रिमण्डल पुनर्गठनको एजेण्डा मार्फत त्यसलाई रोक्न खोजेका हुन् । काँग्रेस र माओवादी बाहेक सत्ता गठबन्धनका सबै दलहरुले नयाँ मन्त्री पठाउनेछन् ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्