Shikhar Insurance

क्यानडामा नेपाली वस्तुको निकासी बढाउन केन्द्रित हुनेछु : राजदूत पौडेल

सिंहदरबार संवाददाता
२०८० फाल्गुन १८, शुक्रबार १५:१९
NIMB
Nabil Bank

काठमाडौं । क्यानडामा नेपाली वस्तुको निकासी प्रवद्र्धन गर्न नेपालको निजी क्षेत्रसँग निरन्तर सहकार्य गर्ने नवनियुक्त नेपाली राजदूत भरतराज पौडेलले बताएका छन् । नेपाल–क्यानडा उद्योग वाणिज्य संघद्वारा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै उनले भने,‘क्यानडामा नेपाली वस्तुको निकासी बढाउन केही गरेर देखाउने मेरो उद्देश्य छ । सोको लागि म निरन्तर यहाँहरुसँग सहकार्यमा रहनेछु ।’ नेपाली र क्यानेडियन व्यवसायीबीच (बीटूबी) अन्तरक्रिया बढाउनेमा आफू केन्द्रित रहने पनि उनले बताए । क्यानडामा आयोजना हुने ठूला व्यापारिक मेलाहरुमा नेपाली व्यवसायीको सहभागिताको लागि नियोगले पहल गर्ने बताउँदै उनले सोको लागि संस्थागत हिसाबले नै पत्राचार गरिने प्रतिबद्धता व्यक्त गरे ।

Citizen Life
Kumar Bank

राजदूत पौडेलले नेपालबाट क्यानडामा निकासीको सम्भावना भएका वस्तुको डिजिटल प्रचार सामग्री आफूलाई उपलब्ध गराइदिन समेत आग्रह गरे । प्रचार सामग्री तयार गर्दा गुणस्तरमा ध्यान दिन उनले सुझाए । यसअघि संघका अध्यक्ष रतनलाल केडियाले नेपाल र क्यानडाबीचको व्यापारिक सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने उद्देश्यले संघ स्थापना भएको जानकारी गराउँदै यसले द्विपक्षीय व्यापार, पर्यटन र लगानी प्रवद्र्धनको लागि काम गर्ने बताएका थिए ।

नेपालको निजी क्षेत्रलाई क्यानडाको बजार र लगानीकर्तासम्मको पहुँच सहज बनाउन राजदूतबाट पहल हुने अपेक्षा अध्यक्ष केडियाको छ । क्यानडामा हुने व्यापारिक मेला तथा अन्य कार्यक्रममा नेपाली व्यवसायीको सहभागिताका लागि पहल गरिदिन तथा क्यानडियन बजारको आवश्यकता र संरचनासम्बन्धी ताजा जानकारी उपलब्ध गराइदिन पनि उनले आग्रह गरे । संघका उपाध्यक्ष शिवकुमार अग्रवालले क्यानडियन बजारमा नेपाली वस्तुको निकासी बढाउने र नेपालका सम्भाव्य क्षेत्रमा क्यानेडियन लगानीकर्तालाई आकर्षित गर्नेमा संघ विशेष रुपमा केन्द्रित हुने जानकारी गराए ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्