Shikhar Insurance

दुग्ध किसानलाई रकम भुक्तानी गर्न राप्रपा सांसद सिंहको माग

सिंहदरबार संवाददाता
२०८० फाल्गुन १८, शुक्रबार १५:०५
NIMB
Nabil Bank

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले दुग्ध किसानहरुको रकम भुक्तानी गर्न सरकारसँग माग गरेका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सिंहले दुग्ध किसानहरु रकम पाउनका लागि आन्दोलन गरिरहेका भन्दै उनीहरुले पाउनुपर्ने रकम चाँडो भन्दा चाँडो भुक्तानी गर्न सरकारसँग माग गरेका हुन् ।

उनले दुग्ध किसानहरु पनि केही दिनमा मिटरब्याजी र लघुवित्तपीडितहरुका जसरी नै काठमाडौंमा आन्दोलनका लागि आउन लागेका बताए । उनले दुग्ध किसानहरु आन्दोलित भएमा उनीहरुको आक्रोश सरकारले थेग्छ कि थेग्दैन भनि प्रश्न समेत गरे ।

Citizen Life
Kumar Bank

उनले भने, ‘आज दुध किसानहरु कन्टेनरका कन्टेनर, ट्यांकरका ट्यांकर बाटोमा खसाइराखेका छन् । सरकार केही हेर्न सकेको छैन । अस्ति भर्खर प्रधानमन्त्रीज्युले कृषिमन्त्री र अर्थमन्त्रीलाई किसानको भुक्तानी दिनु भन्छन् । मन्त्रीज्युसँग छैन । मन्त्री पैसा हामीसँग छैन भनेर टार्छन् । अब केही दिनमा ति किसानहरु पनि जसरी मिटरब्याजी र सहकारी ठगका बिरुद्धमा काठमाडौं आएका छन्, हजारौँ हजार दुध व्यापारी किसानहरु यो उपत्यकामा आउँदैछन् ।

त्यो अवस्थामा, त्यो बेलामा आक्रोश थेग्न सक्छ कि सक्दैन ? जसरी केही दिन पहिला मिटरब्याजीहरुले माग पूरा नभएपछि छातीमा गोली थाप्न तयार छौ भनेर यही सदनको अगाडी आएको देखेका छौँ ।

साथै, किसानलाई पनि आत्मदाह वा गोली खानको लागि यही निम्त्याउन त खोजेको होइन ? त्यसकारण किसानहरुको चाँडोभन्दा चाँडो रकम भुक्तानी गरेर उनीहरुलाई क्षतिपूर्ति दिन सरकारसँग माग राख्दछु । आज प्रधानमन्त्री चितवन जाँदाखेरी महानगरपालिकाका सम्पूर्ण विद्यालयहरु बन्द गरी ¥यालीमा जयजयकार मनाइरहेका छन् । यही दिनको लागि यो गणतन्त्र ल्याएको हो ? अब बेला भइसकेको छ, अवस्था र व्यवस्था परिवर्तन गर्नको लागि राप्रपाले चैत्र १६ गते जनआन्दोलन घोषणा गरेको छ । सबै जनतालाई आउन आह्वान गर्छु ।’

न्युज एजेन्सी नेपाल

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्