Shikhar Insurance

माओवादी केन्द्रका कारण गठबन्धन तलमाथि हुँदैन : मन्त्री शर्मा

सिंहदरबार संवाददाता
२०८० फाल्गुन १८, शुक्रबार १७:०२
NIMB
Nabil Bank

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सत्तारुढ माओवादी केन्द्रका कारण गठबन्धन तलमाथि नहुने बताएकी हुन् । शुक्रबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री शर्माले आफूहरुको कारणले गठबन्धन तलमाथि नहुने बताएकी हुन् ।

उनले माओवादी केन्द्रभित्र पार्टीले राष्ट्रिय सभाको अध्यक्ष पाउनुपर्ने विषय उठेको भन्दै यसमा गठबन्धनले सहयोग गर्नुपर्ने बताइन् । उनले माओवादी केन्द्र राष्ट्रिय सभाको सबैभन्दा ठूलो दल बनेको भन्दै अध्यक्षमा दाबी गर्नु अन्यथा नभएको बताएकी हुन् । उनले माओवादीको राष्ट्रिय सभा अध्यक्ष उम्मेदवार हुँदा गठबन्धनले सहयोग गर्दा हुने बताइन् ।

Citizen Life
Kumar Bank

उनले भनिन्, ‘गठबन्धनमा खटपट आयो भन्ने कुरा छैन । माओवादी राष्ट्रिय सभामा ठूलो पार्टीको रुपमा पनि आयो । अर्कोकुरा, जुन बिग सिक्स छ । अहिले आउँदा माओवादीमा राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखदेखि लिएर राष्ट्रिय सभासम्म कहीँ पनि माओवादीको उपस्थिति छैन । प्रधानमन्त्री हुनुहुन्छ, आफ्नो ठाउँमा छ । अहिले जति विषयहरु उठेका छन्, त्यो विषयले माओवादीले नै राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारको दाबी गर्न पाउनुपर्छ र यसमा गठबन्धनले पनि सहयोग गर्नुपर्छ भन्ने आशयबाट स्थायी कमिटी बैठकमा कुरा उठेको हो । करिब–करिब एकखालको सर्वसहमति जस्तो बन्यो स्थायी कमिटी बैठकमा । त्यसकारणले गर्दाखेरी यसमा दाबी गर्ने, यसमा उम्मेदवार हाम्रो हुन पाउनुपर्छ भन्ने त के अन्यथाको कुरा भयो र ? गठबन्धनले सहयोग गर्दा नै भइहाल्यो नि ठुलो कुरै भएन । गठबन्धन तलमाथि हाम्रा कारणले चाहीँ हुँदैन ।’

न्युज एजेन्सी नेपाल

 

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्