Shikhar Insurance

ग्लोबल टप-२ टिभि ब्रान्डको स्थानमा टिसिएल

सिंहदरबार संवाददाता
२०८० फाल्गुन १८, शुक्रबार १७:२९
NIMB
Nabil Bank

काठमाडौं । टिसिएल इलेक्ट्रोनिक्सले मार्केट रिसर्च कम्पनी ओमडियाद्वारा ग्लोबल टप-२ टिभि ब्रान्डको रूपमा मान्यता प्राप्त गरेको छ। ओम्डियाको ग्लोबल टिभी सेट रिपोर्ट-२०२३ अनुसार टीसीएलले आफ्नो दोस्रो स्थान कायम राखेको हो ।

ब्रान्डद्वारा ग्लोबल टिभी बजार लगातार दोस्रो वर्ष, टिभीमा कुल २५.२६ मिलियन युनिट अर्थात् १२.५% बजार सेयर प्रतिनिधित्व गर्न सफल भएको छ । यो उपलब्धिको मूल कारण कम्पनीको मिनी एलईडी टिभीहरू जस्ता सफल प्रिमियम टिभीहरुको श्रृंखला २०२३ मा बजारमा उपलब्ध गराउनु थियो । यस खालका टिभिले हालैका वर्षहरूमा चर्चा पाएका छन् । आफ्नो प्रिमियम टिभी उत्पादन पोर्टफोलियोलाई विस्तार गर्ने र अभिवृद्धि गर्ने लक्ष्यका साथ, टिसिएलले सन् २०१९ मा विश्वमै मिनी एलईडी टिभीको ठूलो उत्पादन गर्ने पहिलो कम्पनी पनि बन्यो ।

Citizen Life
Kumar Bank
Nepal Life

टिसिएलले डिस्प्ले गुणस्तर र यसका टिभीहरूसँग प्रिमियम हेर्ने अनुभव प्रदान गर्दै आएको कम्पनीले जनाएको छ । टिसिएलले गत वर्ष ९८ इन्च र सोभन्दा माथिको मिनी एलईडी टिभीहरूको श्रृंखला पनि बजारमा सार्वजनिक गरेको छ । उल्लेखनीय रूपमा, सिइएस २०२४ मा संसारको सबैभन्दा ठूलो ११५-इन्च क्युडी-मिनी एलईडी टिभीले उत्तरी अमेरिकामा डेब्यू गरेको थियो।

टिसिएलले अहिले विश्वभर १६० भन्दा बढी देशहरु सञ्चालन गर्दछ। कम्पनी उपभोक्ता इलेक्ट्रोनिक्सको अनुसन्धान, विकास, र निर्माणमा अगाडि बढ्दै टिभी, अडियो, घरेलु उपकरण, मोबाइल उपकरण, स्मार्ट चश्मा, व्यावसायिक लगायतका उत्पादनहरूमा महत्वोपूर्ण योगदान गर्दै आएको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्